काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भरतपुरमा नेकपा एमाले र राप्रपाको गठबन्धनलाई मत हाल्न आग्रह गर्दै अहिलेको सरकारले आर्थिक समस्या सिर्जना गरेको आरोप लगाए।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गदै अव कसैले तर्सेर मत नहाल्ने दाबी गरे। उनले चितवन आएर अध्यक्ष दाहालले गठबन्धनको पक्षमा मत नहाले देशमा राम्रो नहुने भनी चेतावनी दिएको दाबि गर्दै अब मतदाता विगतमा जस्तो नभएको बताए। ‘विगतमा विभिन्न कुरा देखाएर तर्साएर मत मागियो होला, तर यस पटक कोही पनि तर्सेर मत हाल्ने छैनन्’ पाण्डेले भने, ‘हामीहरु कसैलाई गाली गर्न हैन अजेण्डा बोकेर मत माग्न आएका हौं।’ कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा एमाले भएकाले यसले नै लोकतन्त्रको रक्षा गर्ने दाबी उनले गरे।
अहिले देश आर्थिक रुमपा समस्याग्रस्त भएको भन्दै उनले गतअसारसम्म १४ महिनासम्म आयात गर्ने अवस्थामा अहिले ६ महिनासम्म नधान्ने अवस्था केपी ओली कि शेरबहादुर देउवा पुर्याएको हो भनी प्रश्न गरे।
उनले केही दिनअघि चितवनमा एक मन्त्रीले केपी शर्मा ओलीलाई मत दिनु भनेको बाँदरलाई मकै बारीको जिम्मा दिनु जस्तै भएको भनी गरेको टिप्पणी अहिले सरकारमा रहेका शेरबहादुर देउवामा लागू भएको टिप्पणी गरे । उनले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई मत दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।