धनगढी- नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार धनगढी आउन भएका छन्।
सोमबार धनगढीमा आयोजना हुन लागेको बृहत चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा धनगढी आउन लागेका हुन्।
२२ गतेदेखि चुनावी सभा भए पनि प्रधानमन्त्री देउवा कुनै पनि जिल्लामा बास बस्ने गरि एक दिन अघि पुगेका थिएनन्। यद्यपी कैलाली र गृह जिल्ला डडेल्धुरामा एक दिन अगाडिनै उनी बास बस्ने गरि आउन लागेको नेपाली कांग्रेस कैलाली पार्टी कार्यालयले जनाएको छ।
देउवा आइतबार पुगेपछि आफनो निवासमा बस्छन् वा होटलमा भन्नेबारे जानकारी गराइएको छैन। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ।
देउवाको गृह प्रदेश रहेको यस क्षेत्रमा पार्टीको महाधिवेशनपश्चात पार्टीभित्र आन्तरिक किचलो रहेको छ। पार्टीको आन्तरिक द्वन्द्वकै कारण कांग्रेसको बलियो क्षेत्र मानिएको प्रदेशमा अहिले कमजोर देखिन थालेको आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।