काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहने हो भने अहिलेको सत्ता गठबन्धन ढाल्न एक हप्ता पनि नलाग्ने बताए। एक हप्तामा ढलिछाड्ने उनको दाबी छ।
माओवादी केन्द्रलाई सजिलै कांग्रेसबाट एमालेतिर ल्याउन सकिने आशयका साथ उनले गठबन्धन ढाल्न सजिलो रहेको बताए। 'केही भन्नै परेन नि। बिरालो किन्नुपर्दैन भन्ने त तपाईंहरुलाई थाहा छैन। जसले ठूलो कचौरामा दूधभात दिन्छ, उसैकहाँ जान्छ। त्यसको कुनै सवालजवाफ छ?,' उनले भने।
ओलीले कांग्रेसको भन्दा एमालेको क्रयशक्ति बढी रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।