• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बाजुराको चुनावी गणित : विरासत जोगाउने कसरतमा कांग्रेस, नतिजा उल्ट्याउने योजनामा एमाले

64x64
धनु विश्वकर्मा आइतबार, वैशाख २५, २०७९  १४:०२
1140x725

काठमाडौं- स्थानीय निर्वाचनका लागि तय मतदानको दिन संघारमा छ। मतदानको दिन नजिकिँदै गर्दा चुनावी सभा, भेला र प्रचारप्रसारका काम भइरहेका छन्। साथै, चुनावी अंकगणितको काम पनि भइरहेको छ।

देशभरको चुनावी माहोलले सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरालाई पनि नछुने कुरै भएन। बाजुरामा पनि चुनावी सरमर्गी छ। अघिल्लो निर्वाचनमा बाजुराको चुनावी गतिण कस्तो थियो भन्ने विषयमा सानो चर्चा गर्दैछौं। 

बाजुरामा ९ वटा स्थानीय तह छन्। चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ६ पालिका प्रमुख र ५ उपप्रमुख जितेको थियो। त्यस्तै, नेकपा एमालेले ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको थियो। ३४ वटा वडामा कांग्रेसले जित हासिल गर्दा एमालेले ३० वटा वडामा जितेर कांग्रेसलाई पछ्याएको थियो। नेकपा माओवादी केन्द्र भने ३ वटा वडामा मात्र सीमित भएको थियो।  अघिल्लो निर्वाचनमा यी तीन दल एक्लाएक्लै चुनावीमा प्रतिस्पर्धामा होमिएका थिए। यसपटक भने कतै गठबन्धन र कतै एक्लाएक्लै चुनावी मैदानमा छन्। 

निर्वाचन आयागको अद्यावधिक अभिलेख अनुसार बाजुरामा १८ वर्ष पूरा गरेका मतदाताको संख्या ८२ हजार ६९० छ। जसमा महिला मतदाताको संख्या ४० हजार ५३७,  पुरुष मतदाताको संख्या ४२ हजार १५१ र अन्य मतदाताको संख्या २ रहेको छ। अघिल्लो निर्वाचनमा बाजुरामा ६४ हजार ९५० मतदाता थिए।

बडिमालिका नगरपालिका : कांग्रेसले जोगाउला विरासत? 
सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा अघिल्लो निर्वाचनमा मेयरमा नेपाली कांग्रेसका पदम बडुवाल र उपमेयरमा नेपाली कांग्रेसकै कविता विष्ट निर्वाचित भएका थिए। ७ हजार ५१९ मतदाता रहेको बडिमालिकामा पदम बडुवालले २ हजार ९४० मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गगन रावलले २ हजार ९०२ मत प्राप्त गरेका थिए। ३८ मतान्तरले बडुवाल मेयर बने। 

यो निर्वाचनमा बडिमालिकाको मेयरका लागि कांग्रेसका धनराज पण्डित एमालेका अमर खड्का मेयरको चुनावी मैदानमा छन्। अघिल्लो चुनावका बेला एमाले विभाजित बनेको थिएन। अहिले एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेको छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका गगन रावल एकीकृत समाजवादीतिर लागेका छन्। तर, बडिमालिका नगरपालिकामा एकीकृत समाजवादी र माओवादीले सत्ता गठबन्धनलाई सघाउने अनौपचारिक सहमति गरेका छन्। पहिलो चुनावमा कांग्रेसले वडा नम्बर १, ५, ६ र ८, एमालेले २, ३, ४, ७ र ९ गरि ५ वटा वडामा जित हासिल गरेको थियो। 

नगरमा तालमेल गरेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले वडामा भने पूर्ण तालमेल गरेका छैनन्। केही वडामा मात्र तालमेल गरेका छन्। बडिमालिकामा मतदाताको संख्या ९ हजार ७३५ छ। अघिल्लो निर्वाचनमा मतदाता संख्या ७ हजार ५२० थियो। थपिएका २ हजार २१५ मतदाता निर्णायक हुने देखिन्छ। 

बूढीगंगा नगरपालिका : रामबहादुरले यसपालि बाजी मार्लान्?
बूढीगंगा नगरपालिकामा बाजुराको दक्षिणी भेगमा पर्ने नगर हो। २०७४ सालको चुनावमा मेयरमा कांग्रेसका दीपक विक्रम शाह र उपमेयरमा कांग्रेसकै तारादेवि खातिले जितेका थिए। वडा नम्बर १, ४, ७, र ८ गरि नेपाली कांग्रेसले ४ र एमालेले २, ३, ५, ६, ९ र १० गरि ६ वटामा जितेको थियो।

Ncell 2
Ncell 2

हाल कांग्रेसका तर्फबाट रंगबहादुर खाति र एमालेबाट रामबहादुर बानियाँ मेयरका उम्मेदवार छन्। रामबहादुर २०७४ सालको चुनावमा शाहसँग पराजित भएका थिए। दीपकले ३ हजार ८४५ मत ल्याएका थिए भने रामबहादुरले ३ हजार ५६० मत प्राप्त गरेका थिए। 

सत्ता गठबन्धनमा रहेको कांग्रेस चुनावमा बूढीगंगामा एक्लै भिड्दैछ। 

यसपटक बूढीगंगामा १३ हजार ६५६ मतदाता छन्।  अघिल्लो निर्वाचनमा १० हजार ७०९ मतदाता थिए। 

बूढीनन्दा नगरपालिका : पुरानै प्रतिस्पर्धी मैदानमा 
बूढीनन्दा नगरपालिकामा मेयरमा कांग्रेसबाट पदम गिरी र एमालेबाट जनककुमार बोहराबीच प्रतिस्पर्धा हुने भएको छ। यो प्रतिस्पर्धा भने पुरानै हो। २०७४ सालको चुनावमा पनि पदम र जनकबीच नै प्रतिस्पर्धा भएको थियो। पदमले ३ हजार ३३७  र जनकले ३ हजार १८७ मत प्राप्त गरेका थिए। 

यसपटक कांग्रेसका नेता रामबहादुर बोहराले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले एमालेसँग तालमेल गरेका छन्। एमालेले उपमेयरका आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको छ। जसकारण मेयरमा कांग्रेसको भोट काटिने सम्भावना छ।

अघिल्लो निर्वाचनमा कांग्रेसले १, २, ३, ५, ७ र ८ गरि ६ वटा वडामा जितेको थियो भने एमालेले वडा नम्बर ४, ६, ९ र १० गरि ४ वडामा जितेको थियो।

यसपालिका मतदाता संख्या १० हजार ८७२ छ। अघिल्लो निर्वाचनमा बूढीनन्दामा ८ हजार ४९१ मतदाता थिए।

त्रिवेणी नगरपालिका : कांग्रेस हराउने दाउमा वाम पार्टी 
त्रिवेणी नगरपालिकामा अघिल्लो निर्वाचनमा मेयर, उपमेयर नेपाली कांग्रेसले जितको थियो। कांग्रेसका रामसिंह रावल मेयरमा निर्वाचित भएका थिए। रावलले ३ हजार ३६५ प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार जंगबहादुर बुढाले २ हजार १९४ मत ल्याएका थिए। वडा नम्वर ६ मा मात्र नेकपा माओवादी केन्द्रले जितेको थियो। बाँकी १, २, ३, ४, ५, ७, ८ र ९ गरी ८ वटा वडामा कांग्रेसले जितेको थियो।  

यसपटक मेयरमा कांग्रेसका कर्ण थापा र एमाले–माओवादी केन्द्रको गठबन्धनबाट मोतिसिंह बुढा उम्मेदवार छन्। कांग्रेसले गठबन्धन अस्वीकार गरेपछि यहाँ माओवादीले एमालेसँग तालमेल गरेको छ। अघिल्लो निर्वाचनमा ८ हजार ५८० मतदाता रहेको त्रिवेणीमा यसपटक ११ हजार ५११ मतदाता छन्।

छेडेदह गाउँपालिका : निरन्तरताकै खोजीमा कांग्रेस
नेकपा एमालेको तर्फबाट छेडेदह गाउँपालिकामा दिलबहादुर राउत अध्यक्षका उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका तर्फबाट खडक बुढा उम्मेदवार छन्। २०७४ सालको मत परिणाम हेर्दा कांग्रेसका नरबहादुर राउतले ३ हजार ७०४ मत ल्याएर गाउँपालिकाका अध्यक्ष भएका थिए। त्यस्तै, नेकपा एमालेबाट लाल बहादुर ओलीले ३ हजार १०० मत ल्याएर पराजित भएका थिए। 

अघिल्लो निर्वाचनमा वडा नम्बर २, ४, ५ र ६ मा नेपली कांग्रेसले जितेको थियो भने एमालेले १, ३ र ७ मा वडामा जितेको थियो। छेडेदह कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ। छेडेदहमा ११ हजार ८९५ मतदाता छन्। अघिल्लो निर्वाचनमा यो संख्या ९ हजार ६७७ थियो।

गौमुल गाउँपालिका : दोहोरिएलान् हरि? 
गौमुल गाउँपालिकामा अध्यक्षमा हरिबहादुर रोकाया नेकपा एमालेको तर्फबाट मैदानमा छन्। उनलाई टक्कर दिन कांग्रेसका हिरेन्द्र रोकाया पनि मैदानमा छन्। एमालेको राम्रो पकड क्षेत्रको रुपमा चिनिने गौमुलमा फेरि पनि एमालेले जित्ने सम्भावना रहेको दाबी गरिएको छ। निर्वाचन आयोगको अभिलेख अनुसार गौमुल गाउँपालिकामा ६ हजार ४६ मतदाता छन्। पहिलो चुनावमा भने ४ हजार ६४१ जना रहेका थिए। 

अघिल्लो निर्वाचनमा एमाले हरिबहादुर रोकायाले २ हजार २४० मत ल्याएर विजयी भएका थिए। यसपालि पनि उनै रोकाया एमालेको उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा कांग्रेसबाट देवबहादुर रोकायाले १ हजार ४९१ मत प्राप्त गरेका थिए। ६ वडा रहेको गौमुल गाउँपालिकामा कांग्रेसले एउटा मात्र वडा (वडा नम्बर २) जितेको थियो। 

जगन्नाथ गाउँपालिका : पुरानै प्रतिस्पर्धा कायम
जगनाथ गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट कालीबहादुर शाही र नेपाली कांग्रेसबाट सुन्दर बिष्टबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनमा रहेका दलबीच भागभण्डा नमिल्दा एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन्।
गाउँपालिकाका निर्वातन अध्यक्ष समेत रहेका कालीबहादुर एमालेको जिल्ला अध्यक्ष हुन्।  

कालिबहादुर र सुन्दरबीच यो दोस्रो भिडन्त हो। २०७४ सालमा पनि यी दुवै जनाबीच प्रतिस्पर्धा भएको थियो। कालीबहादुर १ हजार ४५१ मत प्राप्त गरेर निर्वाचित भएका थिए। सुन्दरबहादुर ९८९ मतमा समेटिएका थिए। उक्त निर्वाचनमा कांग्रेसले ४ नम्बर र माओवादी केन्द्रले ५ नम्बर वडा जितेका थिए।

बाँकी १, २, ३ र ६ वडा एमालेले जितेको थियो। अघिल्लो निर्वाचनमा ४ हजार ४०२ मतदाता रहेको जगन्नाथमा हाल ५ हजार ४७७ मतदाता छन्।

स्वामीकार्तिक खापर गाउँपालिका : एमाले फुटको असर
उत्तरी भेगमा रहेको स्वामीकार्तिक खापर गाउँपालिका नेकपा एमालेबाट अध्यक्षमा चतुरभुज शाही मैदानमा छन्। सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल। निवर्तमान अध्यक्ष चिरञ्जीवी शाही एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन्। 

नेपाली कांग्रेसबाट भरतबहादुर रोकाया फेरि चुनावी मैदानमा छन्। उनी अघिल्लोपटक पराजित भएका थिए। नेकपा एमाले फुटको ठूलो असर यो गाउँपालिकामा गरेको छ। वहालवाला अध्यक्ष नै एसमा गएका छन्। 

अघिल्लोपटक एमालेका चिरञ्जीवीेले २ हजार ४५९ मत ल्याएर कांग्रेसका भरतबहादुरलाई पराजित गरेका थिए। भरतबहादुरले १ हजार ७५६ मत ल्याएका थिए। एमालेले वडा नम्बर १, ३ र ५ मा जितेको थियो भने कांग्रेसले २ र ४ वडा जितेको थियो। 

अघिल्लो चुनावमा ६ हजार ३५२ जना मतदाता रहेको यसपटक त्यो संख्या बढेर ७ हजार ४२७  पुगेको छ। 

हिमालीमा पनि पुरानै प्रतिस्पर्धी
हिमाली गाउँपालिमा नेकपा एमालेबाट अजबहादुर मल्ल र नेपाली कांग्रेसबाट गोविन्द मल्ल चुनावी मैदानमा छन्। यो दुवै जनाको दोस्रो भिडन्त हो। गोविन्द निवर्तमान अध्यक्ष हुन्। हिमालीमा नेकपा एमाले र नेकपा माओवदी केन्द्रबीच तालमेल भएको छ। 

अघिल्लो निर्वाचनमा कांग्रेसका गोविन्द मल्लले १ हजार ७७६ मत ल्याएर जितेका थिए। उनका प्रतिद्वन्द्वी अजबहादुर मल्लले १ हजार ४७६ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसले वडा नम्वर ४, ५, ६ र ७ मा जितेको थियो भने एमालेले वडा नम्वर २ र ३ मा जितेको थियो। माओवादिले १ नम्वर वडामा जितेको थियो। 

हिमालीमा ६ हजार ७१ मतदाता छन्। अघिल्लो निर्वाचनमा ४ हजार ५७८ जना मतदाता थिए।  
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मोदीसँग रवि र बालेनको फोन संवाद: मिलेर काम गर्ने भारतको प्रतिबद्धता सोमबार, फागुन २५, २०८२
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा सोमबार, फागुन २५, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्