काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सार्वजनिक अपील जारी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यायसलमा पत्रकार सम्मेलनको आयोजना गरी ओलीले सार्वजनिक अपील गरेका हुन्। ओलीले आफ्नो अपीलमा नेपाली कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको टिप्पणी गरेका छन्।
‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्यो। संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो,’ उनले भनेका छन्।
ओली आफ्नो साढे तीन वर्षे लामो कार्यकालमा भएका विकास निर्माणका काम र ०७४ मा एमालेले जितेका स्थानीय तहले गरेका कामको बारेमा पनि प्रष्ट पार्दै मतदातालाई अपील गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।