काठमाडौं– समसामयिक राजनीतिक अवस्था तथा स्थानीय तह निर्वाचनका विषयमा पछिल्लो धारणा सार्वजनिक गर्न नेकपा (एमाले)ले आइतबार पत्रकार सम्मेलन गर्दै छ।
बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हुने पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कर्यक्रम रहेको छ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने जनाइएको छ।
आइतबार चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा हुने चुनावी सभामा समेत अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।