काठमाडौं- सत्तारूढ गठबन्धनले आज आइतबार कास्कीको पोखरा र दाङको तुलसीपुरमा चुनावी सभा गर्दैछ। निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा सभा हुने कार्यक्रम छ।
चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बधोन गर्ने तय भएको छ।
यस्तै, पोखरामा हुने सभालाई कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार तथा दाङमा हुने सभालाई सहमहामन्त्री किशोरसिंह राठौर लगायतका कांग्रेस नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
सत्ता गठबन्धनले सोमबार धनगढी र मंगलबार डडेल्धुरामा चुनावी सभा गर्नेछ। यी सभालाई पनि कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।