काठमाडौं– नेपाली कांग्रेका नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्।
नेपाली काँंग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन लामो समय कायम रहने बताएका हुन्। साे अवसरमा नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भन्नुभएको स्मरण गर्दै त्यतिबेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताए।
समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातारवण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको उनको भनाइ थियो। गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि उनले मतदातालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।