फाइल तस्बिर
भोजपुर- भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ।
स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए।
तामाङ परिवार साँझ खाना खाएर सुत्न गएकाबेला एक्कासि आगलागी भएको र आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट दुवै घरका नौ वटा सटर जलेर ध्वस्त भएका छन्। दुई वर्षीय बालक पनि जलेर घाइते भएको प्रहरीले जनाएको छ।
एकै घरका चारदेखि पाँच वटा सटरमा सामग्री रहेकाले ठूलै क्षति भएको अनुमान गरिएको छ। आगलागी करिब नियन्त्रणमा आएको र कति धनमालको क्षति भयो भन्नेबारे थप अनुसन्धानपछि बाहिर आउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।