काठमाडौं– मनोरञ्जन क्षेत्रमा अनमोल केसीको अभिनयको त्यत्ति चर्चा हुँदैन, जति उनले फिल्ममा सम्झौता गर्दै छाड्ने कुराको चर्चा हुन्छ। प्रसंग हो दिवाकर भट्टराईको निर्देशनमा बन्ने भनिएको फिल्म ‘हनी बनी’को।
अनमोल केसी र सारा सर्पाइलीलाई मुख्य भूमिका रहने भनिएको फिल्मबाट अनमोल बाहिरिएका छन्। उनले फिल्मको निर्माण पक्षको हतारलाई कारण देखाउँदै आफू बाहिरिएको बताएका छन्।
तर, अनमोलले फिल्म गर्ने भनेर सम्झौता गरेर पछि टिमबाट बाहिरिएको यो पहिलो घटना होइन। अनमोलले आफ्नो करिअरमा जति फिल्ममा अभिनय गरेका फिल्म जत्ति छन्, त्योभन्दा केही थोरैमात्र उनले सम्झौता गरेर छाडेका फिल्म छन्। ‘हनी बनी’बाट अनमोल बाहिरिएसँगै त्यो सूचीमा अर्को फिल्म पनि थपिएको छ।
यसअघि अनमोलले हेमराज बीसीको निर्देशनमा बनेको ‘ग्याङस्टार ब्लुज' छाडेका थिए। त्यस्तै, धुपौरे र ब्याचलर बन्टी पनि उनले सम्झौतापछि छाडेका फिल्महरु हुन्।
फिल्ममा काम गर्ने घोषणा गर्ने, निर्माण पक्षसँग सम्झौता गर्ने अनि काम गर्ने बेला आएपछि चाहिँ सम्झौता नै छोड्ने। अनमोलको यत्ति कच्चा कामले भोलि उनलाई नै असर नगर्ला र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।