काठमाडौं–निर्देशक दिवाकर भट्टराईको करिअर हेर्दा उनी सफल निर्देशकको सूचीमा पर्छन्। उनको निर्देशनमा बनेको ‘मेरो जीवन साथी’देखि ‘क्याप्टेन’सम्म आइपुग्दा तिनले व्यापारिक रुपमा राम्रै सफलता पाएका छन्।
तर, केही समययता चर्चामा रहेको फिल्म ‘हनी बनी’ भने छायांकनमा जानुअघि नै विवादमा फसेको छ। फिल्ममा मुख्य अभिनेताको रुपमा रहने भनिएका अनमोल केसी र अभिनेत्रीको रुपमा रहने भनिएकी सारा सर्पाइलीले फिल्म छाडेको विषयसँगै विवाद सुरु भएको हो।
निर्देशक भट्टराईले फिल्मबाट पूर्वानिर्धारित कलाकारले छाड्नुको कारणलाई ‘प्राविधिक' बताइरहेका छन् भने कलाकारले फिल्मबाट बाहिर निस्किनुमा अन्य कारण भएको बताइरहेका छन्।
फिल्म छायांकनमा जानुअघि नै गसिपको विषय बने पनि निर्देशक भट्टराई भने फिल्म छायांकन लागि लण्डन हिँडेका छन्। अनमोल र सारासँगको सहकार्य टुटेसँगै उनको फिल्ममा लण्डनमै रहेकी जसिता गुरुङलाई लिने तयारी भइरहेको बताइएको छ।
अनमोलसँगको सहकार्य टुट्नु, निर्धारित मितिमा फिल्म छायांकनमा जान नसक्नु, अभिनेत्री पनि फेर्नुपर्ने अवस्था आइपर्नु। दिवाकरलाई फिल्म बनाउँदा पनि कति गाह्रो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।