काठमाडौं–सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्ने बताएकी छन्।
बिहीवार काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्ने बताएकी हुन्। उनले काठमाडौं महानगर जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउने बताइन्।
सिंहले काठमाडौं महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरबासीले घरमा नै बसेर अनलाइनमार्फत् सेवा लिन सक्ने वातावरण बनाउने बताइन्। उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन्।
काठमाडौं महानगरबासीका लागि घर–घरमा स्वास्थ्य उपचार तथा छुट्टै सुविधासम्पन्न अस्पताल बनाएर विपन्न, असहाय र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने योजना रहेको उनले सुनाईन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।