काठमाडौं- मतदाताको पाउमा हजारको नोट राखेको तस्बिरहरु सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पेस गर्न भनेको हो।
'निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ।
वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो तर उनले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।