काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख(मेयर)का उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण माग सोधेको छ। निर्वाचन आयोगले स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै स्पष्टीकरण मागेको हो।
स्थापितले प्रतिस्पर्धी साहलाई 'अन्तर्राष्ट्रिय ठग' भन्दै टिप्पणी गरेका थिए।
यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।