काठमाडौं- आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिपको पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफलेएभरेष्ट भलिबल क्लबलाई लाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो।
जितसँगै प्रतियोगितामा तीन खेल खेलेको एपीएफले ६ अंक जोडेको छ। समान खेलबाट एभरेस्टले दुई अंक जोडेको छ।
आज नै भएको महिलातर्फको दोस्रो तथा अन्तिम खेलमा साविक विजेता न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पुलिस क्लबले ३–० को सोझो सेटमा पराजित गर्यो।
राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो।
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।