काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरका मेयर उम्मेदवार रेनु दाहाललाई जिताउन पार्टीपंक्तिलाई आग्रह गरेका छन्। बिहीबार भरतपुरमा आयोजित सभामा देउवाले रेनुको प्रशंसा गरेका थिए।
'यस्तो काम गर्ने मान्छे मेयर नभएर को हुन्छ त? उहाँले जित्नहुन्छ, जितिसक्नुभएको छ,' देउवाले भने। उनले थपे, 'यस्तो राम्रो काम गर्ने मान्छेलाई हराउने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्?'
रेनुजी बेरुजु नभएको नगरपालिकाको मेयर भएको देउवाको भनाइ छ। ठाउँठाउँ पिच भएको, हरेक गल्लीमा पिच भएको र रेनुले स्मार्ट सिटी, क्रिकेट पिच र अन्तर्राष्ट्रिय कन्फरेन्स हल बनाउने भनेको भन्दै देउवाले सोधे- 'सानो कुरा हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।