काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७४ सालमा कांग्रेससँग गठबन्धन गर्दा १०/१५ वर्ष लैजाने गरी छलफल भएको बताएका छन्।
'गठबन्धनलाई १०/१५ वर्ष लानेगरी शेरबहादुरजीसँग छलफल भएको थियो। तर व्यवहारका आउँदा मैले सहज देखिनँ। सहज नदेखिएको जिल्ला चितवन हो। यसले चिन्तित बनायो,' चितवनमा आयोजित सभामा उनले भने।
सभामा बोल्ने कांग्रेसका केही नेताहरुले प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे पनि पछि तोड्ने आशंका व्यक्त गरेका थिए। त्यसको प्रतिवाद गर्दै उनले रुखवालाले हँसिया हथौडामा मत नहालेका कारण त्यतिबेलाको गठबन्धन टुटेको बताए।
'टेकप्रसाद गुरूङले मतिर ताकेर केही प्रश्न गर्नु भएको छ। त्यसको धेरै स्पष्टीकरण दिन आवश्यक ठान्दिन। मैले साँच्चै नै अहिले तपाईंहरूको अगाडि उभिएर बोल्दै गर्दा, रूखवालाहरूले हँसियाहथौडालाई भोट हाल्न धेरै गाह्रो देखेँ। तपाई चितवनबासी नै हो,' उनले भने।
प्रचण्डले एमालेसँग एकता गरेर ज्ञान पाएको बताए। उनले यसपटक आफूलाई विश्वास गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।