काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको आलोचना गरेका छन्। बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आयोजित सभामा सम्बोधन गर्दै उनले एमालेलाई आफैंले फलाएको बताए।
'हेर्दाखेरि क्या राम्रो फर्सी फलेको जस्तो लाग्यो। त्यो फर्सी फलाएको हामीले नै हो। दाबाका साथ भन्छु, मैले नै हो। त्यो पार्टीको प्रमुख भएको नाताले। तर त्यो फर्सी अहिले कुहिसकेको छ। त्यो फर्सीको कुनै काम छैन। कुहिसकेको फर्सीतर्फ कसैले नहेरे हुन्छ। रोगब्याधि मात्रै लाग्छ, खानुभयो भने, सुंघ्नुभयो भने,' उनले भने।
सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले मेयर उम्मेदवार रेणु दाहालको प्रशंसा गरेका थिए। 'रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।