काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोइकराइ गरेपछि भरतपुरमा प्रचण्ड र माधव नेपालले बोल्न पाएको भन्दै व्यंग गरेका छन्।
बिहीबार कैलालीको बर्दगोरियामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गरिरहेको छ। प्रचण्ड र माधवलाई बधाई दिन चाहन्छु,’ उनले भने,‘आफैं सभा गर्न नसक्ने कांग्रेसको पछाडि पछाडि लागिरहेका छन्।’
उनले हिजो बेलुकादेखि प्रचण्ड/माधवले बालुवाटारमा रुवावासी गरेपछि बोल्न पाएको बताए।
‘मेरी छोरी उम्मेदवार अनि मैले बोल्न पनि नपाउने भनेर भनेछन्,’ उनले भने, ‘नेपाली कांग्रेसले पनि प्रचण्ड र माधव दुवैलाई बोल्न दिने भएछ। उहाँहरुलाई बधाई छ।’
अपमान भयो भनेर हिँडेका माधव नेपाल अहिले मञ्चमा आशन ग्रहण गर्न छोडेर तल बस्ने स्थिति आएको ओलीको टिप्पणी छ। ‘प्रचण्ड शेर जस्तो हुनुहुन्थ्यो नेकपा हुँदा। अहिले भिजेको बिरालो होइन मुसो जस्तो भइसक्नुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।