काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी ओलीप्रति कटाक्ष व्यक्त गरेका छन्। ओलीलाई 'आई लभ यु' भन्नेहरुप्रति लक्षित गर्दै उनले ओलीले म्वाइ खाए पनि बिष लाग्ने बताए।
'केपी ओलीले संविधान खान खोजे, लोकतन्त्र खान खोजे, संघीयता खान खोजे। जसकाकारण यो गठबन्धन बनाउन बाध्य भयौं। तर कतिपय युवाहरू भ्रममा छन् र भन्छन्- आइ लभ यू केपी बा', उनले भने, ' तपाईंहरूलाई थाहा हुनु पर्छ, सर्पले दूध खायो भने बिष लाग्छ। केपी ओलीले म्वाइ खाए नि बिष लाग्छ।'
श्रेष्ठले ओलीले दुईपटक गरेको प्रतिनिधि सभा विघटनप्रति आक्रोश व्यक्त गरेका थिए। 'ओलीले दुई दुई पटक संसद विघटन गरेर जनताको संघर्षपछि पुनःस्थापित भएपछि पनि प्रतिशोधको भावनामा बन्धक राखे', उनले भने, 'दूधलाई कुर्न बिरालोलाई साक्षी राखे जस्तो भो। कुरेर बस्छ भनेर घर मालीकले राखेको हुन्छ। तर बिरालोले सबै दूध खाइदिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।