काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देश बनाउन नभइ बाँडचुँड गरि खानका लागि मात्रै बनेको टिप्पणी गरेका छन्। कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘गठबन्धनको नाम भनेको कुनै गन्तव्य नभएको, उदेश्य नभएको, बाटो नै नभएको सरकारमा पुग्ने र पुगेपछि आफ्ना मानिसलाई उद्दार गर्ने, व्यवस्थापन गर्ने नातागोताको व्यवस्थापन गर्नका लागि मात्रै हो,’ ओलीले भने, ‘यो सरकारलाई बिदाइ गर्ने सन्देश अहिलेको निर्वाचनबाट दिनुपर्छ।’
उनले वैशाख ३० गतेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभइ धेरै कुरालाई टुंगो लगाउने र दिशानिर्देश गर्ने निर्वाचन भएको बताए।
‘देशको अहिलेको आवश्यकता स्थिरता र स्थायित्व हो,’उनले भने, ‘यो अवस्थामा मुलुक बनाउने पार्टी एमालेले जित्नुपर्छ की अस्थिरता ल्याउनेले जित्ने भन्ने फैसला जनताले गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।