काठमाडौं- नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा एक राजनेताका रुपमा प्रकट भएको बताएका छन्।
अध्यक्ष ओली सहभागी गृहप्रदेश सुदूरपश्चिमको बर्दगोरियामा आयोजित कार्यक्रममा उनलाई राजनेताका रुपमा सम्बोधन गरेका हुन्।
‘ओली राजनेताका रुपमा प्रकट हुनुभएको छ। उहाँको नेतृत्वमा मुलुक सुखी नेपाली सम्बृद्ध नेपालको अभियानमा अघि बढिरहेको छ,’ उनले भने, ‘कम्युनिष्ट भनेका केही प्रतिक्रियावादीहरुले आन्दोलन विभाजन गर्ने काम गरे।’
उनले दलाल नोकरशाही पुँजीवादीसँग गठबन्धन गरेकाहरु अबको निर्वाचनमा पाखा लाग्ने समेत बताए। ‘गठबन्धनका विरुद्ध एकताबद्ध भएर जान सक्छौं भन्ने चुनौती छ। प्रतिगमनविरुद्ध एकजुट हुनु जरुरी छ। सूर्य भनेको जीवन दिन हो,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।