काठमाडौं– अधिवक्ता सुनीलकुमार पोखरेलले सरकारी पक्षले सुरुकै दिन हस्तक्षेप बहस गर्नु गलत निर्णयको बचाउ भएको दाबी गरेका छन्।
प्रहरी महानीरिक्षक बढुवा विवादमा जवाफी बहसका क्रममा विश्वराज पोखरेलका तर्फबाट उनले सरकारी पक्ष र धीरजप्रताप सिंहका तर्फबाट भएको बहसको आलोचना गरे।
न्यायाधीश शुष्मालता माथेमाको इजलासमा चलिरहेको बहसमा उनले गभर्नर महाप्रसाद अधिकारी प्रकरणमा हस्तक्षेप बहस नगरेको सरकारी पक्ष प्रहरी बढुवामा भने सुरुमै आउनु गलत निर्णय भएको प्रारम्भिक रुपमा देखिएको दाबी गरे।
उनले प्रहरीको बढुवा नयाँ नियुक्ति नभएकाले यसका मापदण्ड पालना अनिवार्य हुनुपर्ने तर्क गरे। सरकारले स्वेच्छाचारी रुपमा बढुवा गर्ने सक्ने भएर नै प्रहरी ऐनमा त्यसका लागि निश्चित मापदण्ड निर्माण गरिएको दाबी उनले गरे। उनले आजै अन्तरिम आदेश जारी नगर्ने हो भने निवेदकमाथि अन्याय हुने भएकाले आदेशको माग पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।