• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

टीकापुरमा प्रमुख दललाई टक्कर दिँदै रेशम चौधरीको पार्टी

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २२, २०७९  २१:०७
1140x725

धनगढी– टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीको प्रभाव क्षेत्रका रुपमा चिनिन्छ, टीकापुर नगरपालिका। बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा टीकापुरको नेतृत्वका लागि रेशम चौधरीकी पत्नी रञ्जीता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रमुख दलहरूसँग प्रतिस्पर्धा गर्दैछ।

तीन महिनाअघि दर्ता भएको सो पार्टीबाट प्रमुखमा रामलाल डगौरा थारु र उपप्रमुखमा उल्कादेवि विश्वकर्माले उम्मेदवारी दिएका छन्। २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका लौटन चौधरी दोस्राे स्थानमा रहँदै पराजित बनेका थिए। लौटन विजयकुमार गच्छदारसँगै नेपाली कांग्रेसमा पुगे भने केही वडामा निर्वाचित जनप्रतिनिधिहरू नागरिक उन्मुक्ति पार्टीमा समाहित भएका छन्।  

आठ वडा रहेको टीकापुर नगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल प्रमुखमा निर्वाचित भएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकी केशरी विष्ट निर्वाचित भएकी थिइन्। चार वडा माओवादी केन्द्र, तीन वडा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र एक वडामा नेकपा एमालेले विजयी भएका थिए।

तर, अहिले आफूहरू प्रमुख प्रतिस्पर्धी रहेको बताउँछन्, रामलाल। भन्छन्, ‘दुई गठबन्धन भए पनि यहाँ हामी प्रमुख प्रतिस्पर्धी रहेका छौं। हाम्रो नारा, अजेण्डा नै हाम्रो जित्ने आधार हो।’ दर्ता भएको चार महिनामै  नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा आफ्नो बलियो पकड बनाउन लागेको अन्य दलहरूको पनि समीक्षा छ। 

‘हामी सबैभन्दा अगाडि छौं। हामी सबै वडा जित्छौं भन्ने लागिरहेको छ’ उनले भने, ‘जातीय विचार, टीकापुर घटना, झुटा मुद्दा लगाई पक्राउ गर्नु, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग, संविधान संशोधन गराउन दबाब दिने, खुटिया नदीदेखि बर्दियाका दुई गाउँपालिकालाई जोडेर छुट्टै जिल्ला बनाउन दबाब दिने लगायतका मुद्दा र अजेण्डाप्रति नागरिककाे आकर्षण छ।’

उनले ४२ प्रतिशत थारु समुदाय, १४ प्रतिशत दलित समुदाय तथा टीकापुर घटनामा झुटा मुद्दा लगाइएकाे विराेधमा  रहेका केही वर्गहरूले आफ्नो पार्टीलाई समर्थन गरेको बताए। अघिल्लोपटक फोरमबाट निर्वाचित तीनै जना वडाध्यक्षहरू आफ्नै पार्टीबाट उम्मेदवार भएको चौधरीले बताए। उनको दाबी छ, ‘गठबन्धन दल र नेकपा एमाले हाम्रो पार्टीभन्दा कमजोर छन्।’

टीकापुर नगरपालिकामा ४७ पदका लागि २ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन अधिकृतको कार्यालय टीकापुरका अनुसार प्रमुख पदमा १२ जना र उपप्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको थियो। प्रमुख पदमा नौ जना राजनीतिक दलबाट तथा तीन जना स्वतन्त्र र उपप्रमुखमा नौ जना राजनीतिक दलबाट र २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये नगर प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका आशा चौधरी, स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद ढुंगाना, उपप्रमुखतर्फ स्वतन्त्र प्रकाश खड्काले उम्मेदवारी फिर्ता लिएका छन्।

टीकापुर नगरपालिकामा नेकपा एमालेले नगर प्रमुखमा श्याम खत्री र उपप्रमुखमा उपमा केसी, नेपाली कांग्रेसबाट नगर प्रमुखमा नवराज रावल, नेकपा माओवादी केन्द्रबाट उपप्रमुखमा खडकबहादुर शाह चुनावी प्रतिस्पर्धामा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, नेपाली कांग्रेस बीपीबाट उपप्रमुखमा मिनादेवी साउँद, जनता समाजवादी पार्टीबाट प्रमुखमा धरमबहादुर घर्तिमगर र उपप्रमुखमा पिंकी बिक, राप्रपाबाट प्रमुखमा गोविन्द रिमाल र उपप्रमुखमा सरस्वती बोहरा, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रमुखमा प्रेमबहादुर चौधरी र उपप्रमुखमा पार्वती चौधरी, संघीय लोकतान्त्रिक मञ्चबाट प्रमुखमा गोपाल कर्मी र उपप्रमुखमा सुनिता विक, मौलिक जरोकिलो पार्टी नेपालबाट प्रमुखमा राजकुमार विष्ट र उपप्रमुखमा हिरादेवी थारु पनि चुनावी मैदानमा छन्। 

सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नवराज रावलले भने कुनै दल आफ्नो प्रतिस्पर्धी नरहेको दाबी गरे। उनले भने, ‘काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धनका कारण नगरपालिकामा म बलियो उम्मेदवार हुँ।’

नेपाली काँग्रेसका कैलाली सभापति नरेशकुमार खत्रीले सत्ता गठबन्धनका उम्मेदवार सरल, सहज, नगरवासीले रुचाएका व्यक्ति भएकाले उनलाई प्रतिस्पर्धामा कुनै गाह्रो नभएको बताए।

अघिल्लो निर्वाचनमा प्रमुख पदमा विजयी भएको नेकपा एमाले भने यसपटक तेस्रो दल हुने सो क्षेत्रका राजनीतिक दलहरूको आँकलन  छ। २०७४ को निर्वाचनमा ३९ हजार एक सय ९२ मतदाता रहेकोमा २६ हजार ९२९ मत खसेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोमध्ये नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तपेन्द्र रावलले पाँच हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका लौटन चौधरीले पाँच हजार ५३४ मत प्राप्त गरेका थिए।

सो स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार तेस्रो र नेकपा माओवादी केन्द्र चौंथो दल बनेको थियो।

५२ हजारभन्दा बढी मतदाता
टीकापुर नगरपालिकामा ५२ हजारभन्दा बढी मतदाता छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सो नगरपालिकामा २५ हजार ६४ पुरुष, २७ हजार ८०७ महिला र अन्य एक गरी ५२ हजार ८७२ मतदाता छन्।

आसन्न स्थानीय तहको निर्वाचनमा टीकापुरमा १६ वटा मतदानस्थल र ५७ मतदान केन्द्र रहने छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्