• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

टीकापुरमा प्रमुख दललाई टक्कर दिँदै रेशम चौधरीको पार्टी

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २२, २०७९  २१:०७
1140x725

धनगढी– टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीको प्रभाव क्षेत्रका रुपमा चिनिन्छ, टीकापुर नगरपालिका। बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा टीकापुरको नेतृत्वका लागि रेशम चौधरीकी पत्नी रञ्जीता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रमुख दलहरूसँग प्रतिस्पर्धा गर्दैछ।

तीन महिनाअघि दर्ता भएको सो पार्टीबाट प्रमुखमा रामलाल डगौरा थारु र उपप्रमुखमा उल्कादेवि विश्वकर्माले उम्मेदवारी दिएका छन्। २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका लौटन चौधरी दोस्राे स्थानमा रहँदै पराजित बनेका थिए। लौटन विजयकुमार गच्छदारसँगै नेपाली कांग्रेसमा पुगे भने केही वडामा निर्वाचित जनप्रतिनिधिहरू नागरिक उन्मुक्ति पार्टीमा समाहित भएका छन्।  

आठ वडा रहेको टीकापुर नगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल प्रमुखमा निर्वाचित भएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकी केशरी विष्ट निर्वाचित भएकी थिइन्। चार वडा माओवादी केन्द्र, तीन वडा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र एक वडामा नेकपा एमालेले विजयी भएका थिए।

तर, अहिले आफूहरू प्रमुख प्रतिस्पर्धी रहेको बताउँछन्, रामलाल। भन्छन्, ‘दुई गठबन्धन भए पनि यहाँ हामी प्रमुख प्रतिस्पर्धी रहेका छौं। हाम्रो नारा, अजेण्डा नै हाम्रो जित्ने आधार हो।’ दर्ता भएको चार महिनामै  नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा आफ्नो बलियो पकड बनाउन लागेको अन्य दलहरूको पनि समीक्षा छ। 

‘हामी सबैभन्दा अगाडि छौं। हामी सबै वडा जित्छौं भन्ने लागिरहेको छ’ उनले भने, ‘जातीय विचार, टीकापुर घटना, झुटा मुद्दा लगाई पक्राउ गर्नु, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग, संविधान संशोधन गराउन दबाब दिने, खुटिया नदीदेखि बर्दियाका दुई गाउँपालिकालाई जोडेर छुट्टै जिल्ला बनाउन दबाब दिने लगायतका मुद्दा र अजेण्डाप्रति नागरिककाे आकर्षण छ।’

उनले ४२ प्रतिशत थारु समुदाय, १४ प्रतिशत दलित समुदाय तथा टीकापुर घटनामा झुटा मुद्दा लगाइएकाे विराेधमा  रहेका केही वर्गहरूले आफ्नो पार्टीलाई समर्थन गरेको बताए। अघिल्लोपटक फोरमबाट निर्वाचित तीनै जना वडाध्यक्षहरू आफ्नै पार्टीबाट उम्मेदवार भएको चौधरीले बताए। उनको दाबी छ, ‘गठबन्धन दल र नेकपा एमाले हाम्रो पार्टीभन्दा कमजोर छन्।’

टीकापुर नगरपालिकामा ४७ पदका लागि २ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन अधिकृतको कार्यालय टीकापुरका अनुसार प्रमुख पदमा १२ जना र उपप्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको थियो। प्रमुख पदमा नौ जना राजनीतिक दलबाट तथा तीन जना स्वतन्त्र र उपप्रमुखमा नौ जना राजनीतिक दलबाट र २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये नगर प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका आशा चौधरी, स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद ढुंगाना, उपप्रमुखतर्फ स्वतन्त्र प्रकाश खड्काले उम्मेदवारी फिर्ता लिएका छन्।

टीकापुर नगरपालिकामा नेकपा एमालेले नगर प्रमुखमा श्याम खत्री र उपप्रमुखमा उपमा केसी, नेपाली कांग्रेसबाट नगर प्रमुखमा नवराज रावल, नेकपा माओवादी केन्द्रबाट उपप्रमुखमा खडकबहादुर शाह चुनावी प्रतिस्पर्धामा छन्।

Ncell 2
Ncell 2

यस्तै, नेपाली कांग्रेस बीपीबाट उपप्रमुखमा मिनादेवी साउँद, जनता समाजवादी पार्टीबाट प्रमुखमा धरमबहादुर घर्तिमगर र उपप्रमुखमा पिंकी बिक, राप्रपाबाट प्रमुखमा गोविन्द रिमाल र उपप्रमुखमा सरस्वती बोहरा, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रमुखमा प्रेमबहादुर चौधरी र उपप्रमुखमा पार्वती चौधरी, संघीय लोकतान्त्रिक मञ्चबाट प्रमुखमा गोपाल कर्मी र उपप्रमुखमा सुनिता विक, मौलिक जरोकिलो पार्टी नेपालबाट प्रमुखमा राजकुमार विष्ट र उपप्रमुखमा हिरादेवी थारु पनि चुनावी मैदानमा छन्। 

सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नवराज रावलले भने कुनै दल आफ्नो प्रतिस्पर्धी नरहेको दाबी गरे। उनले भने, ‘काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धनका कारण नगरपालिकामा म बलियो उम्मेदवार हुँ।’

नेपाली काँग्रेसका कैलाली सभापति नरेशकुमार खत्रीले सत्ता गठबन्धनका उम्मेदवार सरल, सहज, नगरवासीले रुचाएका व्यक्ति भएकाले उनलाई प्रतिस्पर्धामा कुनै गाह्रो नभएको बताए।

अघिल्लो निर्वाचनमा प्रमुख पदमा विजयी भएको नेकपा एमाले भने यसपटक तेस्रो दल हुने सो क्षेत्रका राजनीतिक दलहरूको आँकलन  छ। २०७४ को निर्वाचनमा ३९ हजार एक सय ९२ मतदाता रहेकोमा २६ हजार ९२९ मत खसेको थियो।

सोमध्ये नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तपेन्द्र रावलले पाँच हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका लौटन चौधरीले पाँच हजार ५३४ मत प्राप्त गरेका थिए।

सो स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार तेस्रो र नेकपा माओवादी केन्द्र चौंथो दल बनेको थियो।

५२ हजारभन्दा बढी मतदाता
टीकापुर नगरपालिकामा ५२ हजारभन्दा बढी मतदाता छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सो नगरपालिकामा २५ हजार ६४ पुरुष, २७ हजार ८०७ महिला र अन्य एक गरी ५२ हजार ८७२ मतदाता छन्।

आसन्न स्थानीय तहको निर्वाचनमा टीकापुरमा १६ वटा मतदानस्थल र ५७ मतदान केन्द्र रहने छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्