काठमाडौं– कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। पुस २८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन बिहीबारदेखि अन्त्य हुन लागेको हो।
कर्णाली प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।