काठमाडौं– दोलखाको भीमेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ६ बजेर २ मिनेटको समयमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।