फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहीबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभामा सहभागी हुने भएका छन्। उनी बिहान सौर्य एयरलाइन्सको नियमित उडानमार्फत् सुदूरपश्चिम जान लागेका हुन्।
‘पार्टी अध्यक्ष ओली यहाँका विभिन्न ठाउँमा आयोजना हुने चुनावीसभामा सहभागी हुन आउँदै हुनुहुन्छ,’ एमाले पोलिटब्यूरो सदस्य एवं कैलालीका सांसद नारदमुनी रानाले भने।
उनका अनुसार एमाले अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान साढे ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्। बेलौरीको चुनावी सभा सकेर दिउँसझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली बिहीबार साँझै काठमाडौं फर्किने कार्यक्रम रहेको नेता रानाले जानकारी दिए। उनका अनुसार यी चुनावी सभामा पार्टी प्रवेश कार्यक्रमसमेत राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।