काठमाडौं–निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ।
आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको जनाएका हुन्।
यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।