• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

धनगढीको स्थानीय चुनाव : कांग्रेस ह्याट्रिक र एमाले दोहोरो जितको खोजीमा, दुवैलाई डर स्वतन्त्रको

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २३, २०७९  १२:४९
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशका अन्य स्थानीय तहमा जस्तै धनगढीमा पनि चुनावी चहलपहल बढेको छ। 

धनगढीको प्रमुख पदमा आठ जनाको दलका तर्फबाट र एक जनाको स्वतन्त्र उम्मेदवारी  दर्ता भएको छ। धनगढीको प्रमुख पदमा निवर्तमान नगर प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी छिन्। 

नेकपा एमालेबाट प्रमुख पदमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना तथा  गोपाल हमालले स्वतन्त्र रुपमा प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन्।

नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिएको धनगढीमा सत्तारुढ गठबन्धनलाई नेकपा एमाले र स्वतन्त्र उम्मेदवार हमालका कारण चुनौती थपिएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले केही वडामा मात्र पराजय व्यहोर्नु परेको थियो।

अहिले नेपाली कांग्रेसको वडा तहको विवादका कारण सत्तारुढ गठबन्धनलाई समस्या भइरहेको छ। केही वडाध्यक्षका लागि बागी उम्मेदवार रहेकाले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधीहरु ती उम्मेदवारहरुसँग विभिन्न चरणमा छलफलमा रहेका छन् भने सत्तारुढ गठबन्धनले वडास्तरीय चुनावी भेला गरिरहेका छन्।

स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारसँगै मतदाता शिक्षालाई अघि बढाएका छन। व्यवसायी हमाल अघिल्लो निर्वाचनमा नगर प्रमुखमा दोस्रो स्थानमा रह“दै पराजित भएका थिए। सो निर्वाचनमा पराजित भएपछि विवेकशील साझा पार्टीको प्रदेश संयोजकको जिम्मेवारी लिएका हमालले पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवार बनेका छन्। यद्यपि, उनलाई  विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समर्थन छ।

२०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा धनगढीमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको थियो। २०५४ सालमा भएको निर्वाचनमा भने नेकपा एमाले विजयी भएको थियो।

धनगढी उपमहानगरपालिकासहितको तत्कालीन क्षेत्र नम्बर ३ मा २०४८ सालको आम निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेले जितेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कांग्रेसले जित हासिल गरेको थियो। पहिलो संविधानसभा सदस्य निर्वाचन (२०६४) मा धनगढीसहितको क्षेत्र नम्बर ६ बाट माओवादी केन्द्र विजयी भएको थियो।

संविधानसभाको दोस्रो निर्वाचन (२०७०) मा क्षेत्र नम्बर ६ बाट कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए। उक्त निर्वाचनमा देउवा डडेलधुुराबाट पनि निर्वाचित भएका थिए।

निर्वाचनपछि देउवाले यो क्षेत्र छाड्दा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकै पुस्करनाथ ओझा विजयी भएका थिए। त्यस्तै, २०७४ सालको संघीय निर्वाचनमा धनगढीसहितको क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार नारदमुनि राना विजयी भएका थिए।

यस्तो छ २०७४ को मतपरिणाम
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ५४ हजार ६५६ मत खसेको थियो भने एक हजार दुई सय मत बदर भएको थियो। त्यतिबेला कांग्रेसका उम्मेदवार नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मत प्राप्त गरेका थिए।

करिब १७ हजार मतदाता थपिए
पछिल्लो पा“च वर्षमा धनगढी उपमहानगरपालिकामा झण्डै १७ हजार मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनयता धनगढी उपमहानगरपालिकामा १६ हजार ७२१ मतदाता थप भई ९६ हजार १५१ पुगेका छन्। आगामी निर्वाचनका लागि उपमहानगरपालिकामा ४५ हजार ९२४ महिला, ४७ हजार २२४ पुरुष र तीन जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

२०७४ को निर्वाचनमा ३८ हजार पा“च सय ६१ महिला, ३७ हजार ८८६ पुरुष र तीन जना तेस्रो लिङ्गी गरी ७६ हजार ४३० मतदाता थिए। त्यसमध्ये उपमहानगरपालिकामा कूल मतदाताको ८७ दशमलव ११ प्रतिशत मत खसेको थियो। खसेको कूल मतमध्ये दुई दशमलव १९ प्रतिशत बदर भएको थियो।
धनगढी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा ३३ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र रहेकोमा यो पटकको निर्वाचनमा ३४ मतदानस्थल र १०४ केन्द्र रहने आयोगले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्