• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

धरान उपमहानगरपालिका : वामपन्थीको किल्लामा कांग्रेसले गर्ला गोल?

64x64
धनु विश्वकर्मा सोमबार, वैशाख २६, २०७९  ०७:०३
1140x725

काठमाडौं— सुनसरीको धरान उपमहानगरपालिका वामपन्थीहरूको पकड भएको क्षेत्र हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ एमालेले मेयर र उपमेयरसहित बहुमत वडामा जित हात पारेको थियो। तर, मेयर तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले पहिलो पटक बाजी मारेको थियो।

यसपटक धरानमा नेकपा एमाले र सत्ता गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। एमालेका तर्फबाट मञ्जु भण्डारी सुवेदी र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राई चुनावी मैदानमा छन्। राईलाई सत्ता गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ। 

एमालेकी भण्डारी निवर्तमान उपमेयर र एमाले केन्द्रीय सदस्य हुन्। त्यसैगरी नगरपालिका संघको सचिवालय सदस्य पनि हुन्। तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि करिब डेढ वर्ष उनले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी थिइन्।

उपमेयर र कार्यवाहक मेयर भएर काम गरेको अनुभवका आधारमा उनी बलियो प्रतिश्पर्धी हुन्। तर, एमाले फुटेर नेकपा एकीकृत समाजवादी हुनु र एमालेबाहेकका सबै ठूला दल गठबन्धनमा सामेल हुनु उनका लागि चुनौती हो। अघिल्लो उपनिर्वाचनमा एमालेले मेयरमा भोग्नु परेको पराजयलाई चिर्ने चुनौती उनले पार लगाउनुपर्नेछ।

यता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राई अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। फुटबलका पूर्वखेलाडी राई अब भने ‘राजनीतिको गोल’ हान्ने दाउमा छन्। उनलाई सत्ता गठबन्धनमा रहेका दलको साथ छ।

उनी २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिका–१२ को वडाअध्यक्ष निर्वाचित भएका थिए। २०५५ सालमा कांग्रेस धरानको नगर सचिव भए। २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको धरान नगर सभापति भएका थिए। 

धरानमा २०७४ सालमा ५३ हजार ८१२ जना मतदाता थिए। निर्वाचन आयोगको २०७९ सालको अभिलेख अनुसार मतदाता संख्या एक लाख ३२४ पुगेको छ। पाँच वर्षमा ४६ हजार ५१२ मतदाता बढेका छन्। अबको निर्वाचनमा नयाँ थपिएका मतदाता निणर्याक हुने देखिन्छ। 

दलका आ–आफ्नै दाबी
नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी गठबन्धनको साथ पाएकाले धरानमा यसपटक मेयरसहित अधिकांश वडामा जित हासिल गर्ने बताउँछन्। २०७४ सालमा पार्टीभित्रको आन्तरिक कलहका कारण कांग्रेसले पराजय बेहोरेको उनको भनाइ छ। ‘किशोर राई विगत लामो समय सांस्कृतिक आन्दोलनमा लागेको जनताको नेता हुन्,’ उनी भन्छन्, ‘एमालेको जति तामझाम भए पनि देश चलाउने नसक्ने अवस्था छ। मेयरको उम्मेदवार आफैं असफल उपमेयर हुनुहुन्छ।’ उनले मेयर भएर महानगर हाँक्न नसक्ने पहिलो कार्यकालले पुष्टि गरेको भण्डारीको दाबी छ।

Ncell 2
Ncell 2

एमाले सुनसरीका नेता रेवतीरमण भण्डारी भने धरानमा एमालेको संगठन विस्तार तल्लो तहसम्म राम्रो रहेको बताएका छन्। ‘धराने मनोविज्ञान कम्युनिष्ट मनोविज्ञान हो। अझ एमाले मनोविज्ञान भने हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले जित हाम्रै हुने हो।’ 

धरानमा एमाले फुटको असर नभएको उनी बताउँछन्। ‘बरु, माओवादीको २०७४ सालमा आएको ११ हजार मत आधा एमालेतिर आएको छ, मेयरका प्रत्यासी भण्डारी सशक्त महिला युवा उम्मेदवार हुनुहुन्छ,’ उनले भने। गएको कार्यकालमा धरानमा नेपालाकै पहिलो आधुनिक बसपार्क निर्माण भएको उनी बताउँछन्। 

उनले प्रतिस्पर्धीलाई ठूलो रुपमा नलिएको बताएका छन्। मञ्जु अनुभवी भएका कारण धरानबासीले मत दिने उनको दाबी छ। 

२०७४ सालको चुनावी मतपरिणाम 
२०७४ सालको स्थानीय निकाय निर्वाचनमा मेयरका प्रतिश्पर्धी १२ जना थिए। २० वटा वडा रहेको धरानमा मुख्यतः एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिश्पर्धा भएको थियो।  मेयर उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।

एमालेका मेयर उम्मेदवार तारा सुब्बाले २० हजार ९७५ मत पाएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत पाएका थिए। त्यसैगरी तेस्रो स्थानमा रहेका माओवादि केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए। 

उपमेयरमा एमालेकी मञ्जु भण्डारीले २१ हजार २५६ मत पाउँदा कांग्रेसकी श्यामा रेग्मीले १४ हजार ९१७ मत पाएकी थिइन्। वडामा पनि एमाले नै बलियो थियो। वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० गरी १४ वटा वडामा एमाले विजयी भएको थियो। काग्रेसले वडा नम्बर १, २, ५, १४ र १८ गरी पाँच वटा र माओवादी केन्द्रले वडा नं. १७ मा मात्र जित हासिल गरेका थिए।

तर, मेयर सुब्बाको एक वर्षपछि नै मृत्यु भयो। त्यसपछि २०७६ सालमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर विजयी बने। उनका निकटतम् प्रतिद्धन्द्धी तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९२४ मत पाएका थिए। त्यति बेला एमाले र माओवादी एकीकरण भइ नेकपा बनेको थियो।

बहुदल आएको २९ वर्षपछि धरानमा पहिलो पटक कांग्रेसले मेयरमा विजय हासिल गरेको थियो। यसअघि भएको तीन वटै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो। त्यति मात्र नभइ यस क्षेत्रबाट भएका सबै संसदीय निर्वाचनमा पनि वामपन्थी उम्मेदवार नै विजयी भएका छन्। कांग्रेससहितको गठबन्धनलाई अहिले पछिल्लो जित दोहोर्‍याउने चुनौती छ भने एमालेलाई आफ्नो विरासत जोगाउने चुनौती छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्