• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

धरान उपमहानगरपालिका : वामपन्थीको किल्लामा कांग्रेसले गर्ला गोल?

64x64
धनु विश्वकर्मा सोमबार, वैशाख २६, २०७९  ०७:०३
1140x725

काठमाडौं— सुनसरीको धरान उपमहानगरपालिका वामपन्थीहरूको पकड भएको क्षेत्र हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ एमालेले मेयर र उपमेयरसहित बहुमत वडामा जित हात पारेको थियो। तर, मेयर तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले पहिलो पटक बाजी मारेको थियो।

यसपटक धरानमा नेकपा एमाले र सत्ता गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। एमालेका तर्फबाट मञ्जु भण्डारी सुवेदी र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राई चुनावी मैदानमा छन्। राईलाई सत्ता गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ। 

एमालेकी भण्डारी निवर्तमान उपमेयर र एमाले केन्द्रीय सदस्य हुन्। त्यसैगरी नगरपालिका संघको सचिवालय सदस्य पनि हुन्। तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि करिब डेढ वर्ष उनले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी थिइन्।

उपमेयर र कार्यवाहक मेयर भएर काम गरेको अनुभवका आधारमा उनी बलियो प्रतिश्पर्धी हुन्। तर, एमाले फुटेर नेकपा एकीकृत समाजवादी हुनु र एमालेबाहेकका सबै ठूला दल गठबन्धनमा सामेल हुनु उनका लागि चुनौती हो। अघिल्लो उपनिर्वाचनमा एमालेले मेयरमा भोग्नु परेको पराजयलाई चिर्ने चुनौती उनले पार लगाउनुपर्नेछ।

यता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राई अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। फुटबलका पूर्वखेलाडी राई अब भने ‘राजनीतिको गोल’ हान्ने दाउमा छन्। उनलाई सत्ता गठबन्धनमा रहेका दलको साथ छ।

उनी २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिका–१२ को वडाअध्यक्ष निर्वाचित भएका थिए। २०५५ सालमा कांग्रेस धरानको नगर सचिव भए। २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको धरान नगर सभापति भएका थिए। 

धरानमा २०७४ सालमा ५३ हजार ८१२ जना मतदाता थिए। निर्वाचन आयोगको २०७९ सालको अभिलेख अनुसार मतदाता संख्या एक लाख ३२४ पुगेको छ। पाँच वर्षमा ४६ हजार ५१२ मतदाता बढेका छन्। अबको निर्वाचनमा नयाँ थपिएका मतदाता निणर्याक हुने देखिन्छ। 

दलका आ–आफ्नै दाबी
नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी गठबन्धनको साथ पाएकाले धरानमा यसपटक मेयरसहित अधिकांश वडामा जित हासिल गर्ने बताउँछन्। २०७४ सालमा पार्टीभित्रको आन्तरिक कलहका कारण कांग्रेसले पराजय बेहोरेको उनको भनाइ छ। ‘किशोर राई विगत लामो समय सांस्कृतिक आन्दोलनमा लागेको जनताको नेता हुन्,’ उनी भन्छन्, ‘एमालेको जति तामझाम भए पनि देश चलाउने नसक्ने अवस्था छ। मेयरको उम्मेदवार आफैं असफल उपमेयर हुनुहुन्छ।’ उनले मेयर भएर महानगर हाँक्न नसक्ने पहिलो कार्यकालले पुष्टि गरेको भण्डारीको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले सुनसरीका नेता रेवतीरमण भण्डारी भने धरानमा एमालेको संगठन विस्तार तल्लो तहसम्म राम्रो रहेको बताएका छन्। ‘धराने मनोविज्ञान कम्युनिष्ट मनोविज्ञान हो। अझ एमाले मनोविज्ञान भने हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले जित हाम्रै हुने हो।’ 

धरानमा एमाले फुटको असर नभएको उनी बताउँछन्। ‘बरु, माओवादीको २०७४ सालमा आएको ११ हजार मत आधा एमालेतिर आएको छ, मेयरका प्रत्यासी भण्डारी सशक्त महिला युवा उम्मेदवार हुनुहुन्छ,’ उनले भने। गएको कार्यकालमा धरानमा नेपालाकै पहिलो आधुनिक बसपार्क निर्माण भएको उनी बताउँछन्। 

उनले प्रतिस्पर्धीलाई ठूलो रुपमा नलिएको बताएका छन्। मञ्जु अनुभवी भएका कारण धरानबासीले मत दिने उनको दाबी छ। 

२०७४ सालको चुनावी मतपरिणाम 
२०७४ सालको स्थानीय निकाय निर्वाचनमा मेयरका प्रतिश्पर्धी १२ जना थिए। २० वटा वडा रहेको धरानमा मुख्यतः एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिश्पर्धा भएको थियो।  मेयर उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेका मेयर उम्मेदवार तारा सुब्बाले २० हजार ९७५ मत पाएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत पाएका थिए। त्यसैगरी तेस्रो स्थानमा रहेका माओवादि केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए। 

उपमेयरमा एमालेकी मञ्जु भण्डारीले २१ हजार २५६ मत पाउँदा कांग्रेसकी श्यामा रेग्मीले १४ हजार ९१७ मत पाएकी थिइन्। वडामा पनि एमाले नै बलियो थियो। वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० गरी १४ वटा वडामा एमाले विजयी भएको थियो। काग्रेसले वडा नम्बर १, २, ५, १४ र १८ गरी पाँच वटा र माओवादी केन्द्रले वडा नं. १७ मा मात्र जित हासिल गरेका थिए।

तर, मेयर सुब्बाको एक वर्षपछि नै मृत्यु भयो। त्यसपछि २०७६ सालमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर विजयी बने। उनका निकटतम् प्रतिद्धन्द्धी तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९२४ मत पाएका थिए। त्यति बेला एमाले र माओवादी एकीकरण भइ नेकपा बनेको थियो।

बहुदल आएको २९ वर्षपछि धरानमा पहिलो पटक कांग्रेसले मेयरमा विजय हासिल गरेको थियो। यसअघि भएको तीन वटै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो। त्यति मात्र नभइ यस क्षेत्रबाट भएका सबै संसदीय निर्वाचनमा पनि वामपन्थी उम्मेदवार नै विजयी भएका छन्। कांग्रेससहितको गठबन्धनलाई अहिले पछिल्लो जित दोहोर्‍याउने चुनौती छ भने एमालेलाई आफ्नो विरासत जोगाउने चुनौती छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्