• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

जितपुर सिमराका जनताले मलाई दुई, तीन वर्षयता नै मेयरको रुपमा स्वीकार्नु भएको छ : राजन पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २२, २०७९  १९:३०
1140x725

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। 

नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका छौँ। यसपटक बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएका राजन पौडेलसँग नेपाल लाइभले गरेको कुराकानी प्रस्तुत गरेका छौँ :

जितपुर सिमराका जनताले तपाईंलाई किन मत दिने?
जितपुर सिमरामा सुशासन कायम गर्नका लागि विगत पाँच वर्षको नेतृत्व असफल भयो। त्यसलाई सफलतातर्फ लैजानका लागि र यहाँका जनताको मनोबल उच्च बनाउन पनि मलाई मत दिनुहुन्छ भन्ने लाग्छ।

उपमहानगरपालिकालाई सफल बनाउने सूत्र के छ तपाईंसँग?
गठबन्धनको तर्फबाट उम्मेदवार दिएकाहरुको टिम सक्षम छ। यो टिमको सहयोगमा नगरसभालाई पूर्ण रुपमा क्रियाशील गरेर, सिस्टममा राखेर अघि बढ्छौँ। र यो उपमहानगरपालिकाको नेतृत्व गर्छौँ। सुशासन कायम गर्छौँ।

एमालेले पाँच वर्षसम्म नेतृत्व गरेको क्षेत्र भएकाले उसको प्रभाव त होला नै। चुनावी प्रतिस्पर्धामा त्यसले कत्तिको चुनौती थपेको छ?
त्यसलाई मैले चुनौतीको रुपमा लिएको छैन। किनभने उहाँहरुको कार्यकाल कस्तो रह्यो भन्ने कुरा तथ्यहरुले नै बोल्छन्। उहाँहरुले आफ्नो कार्यकाल कसरी चलाउनुभयो, के गर्नुभयो भन्नेमा म तीखो टिप्पणी गर्न चाहन्नँ अहिले। सबै कुरा जनताको बीचमा आएका छन्। त्यसलाई जनताबाट मूल्यांकन गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईं यसअघि पनि मेयरमा उम्मेदवार बन्नुभएको थियो र पराजित हुनुभएको थियो। यसपटक जित्ने आधार के छ?
गठबन्धन नै मेरो जितको आधार हो। २०७४ सालमा पनि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। अहिले माओवादी केन्द्र र कांग्रेस मिलेका छन्। अर्कोतिर, त्यतिबेला एमाले विभाजन भई बनेको एकीकृत समाजावादीको साथ पनि हामीलाई छ। त्यसका अतिरिक्त जसपा र राजमो पनि हाम्रो गठबन्धनमै छन्। यसले पनि हामीलाई जितको आधार दिएको छ।

म स्वयं पनि विगतकाे निर्वाचनमा पराजित भएको भए पनि लामो समयदेखि निरन्तर यहाँको जनसम्पर्कमा रहेर, जनताका सजिला अप्ठ्याराहरुमा साथमै रहेर काम गर्दै आएको छु। त्यसकारणले दुई तीन वर्षयता नै यहाँका जनताले मलाई मेयरको रुपमा मनोवैज्ञानिक हिसाबले नै स्वीकार गरिसक्नुभएको स्थिति छ। अहिलेको चुनावी माहोलको पनि मैले अनुभूति गरिरहेको छु। त्यसले पनि मेरो विजय सुनिश्चित रहेको देखाउँछ। अन्य दलका कतिपय नेता तथा कार्यकर्ता र वडाका प्रतिनिधिहरुले पनि हाम्रो अभियानमा साथ दिइराख्नुभएको छ। त्यसले पनि मलाई सहज भएको छ।

तपाईंले देखेका जितपुर सिमराका समस्या के हुन्? त्यसलाई समाधान गर्न तपाईंका अजेन्डा के छन्?
उपमहानगरपालिकाको दक्षिणी क्षेत्रमा शुद्ध पिउने पानीको पनि अभाव छ। वडा नम्बर १७ को कतिपय क्षेत्रमा सडकको पहुँच छैन। पुलको अभाव छ। शिक्षा क्षेत्रमा पनि यो पाँच वर्षमा खासै प्रगति भएको छैन। त्यसलाई सुधार गर्नुपर्ने छ। स्वास्थ्य क्षेत्रको कुरा गर्दा यहाँ सुविधासम्पन्न एउटा पनि अस्पताल छैन। कृषि क्षेत्र पनि पहिले जस्तो चलेको थियो, अहिले पनि त्यस्तै छ। भूमिसम्बन्धी समस्या पनि छ। त्यसमा पनि काम गर्नुपर्ने छ।सँगसँगै नगरपालिकाले यहाँका व्यापारी र व्यवसायीहरुलाई चर्को कर लगाएको थियो। एक हजार प्रतिशत कर गत वर्षमात्रै उपमहानगरपालिकाले वृद्धि गरेको थियो। त्यसलाई खारेज गर्नुपर्ने छ।

Xtrem
Xtrem

यो उपमहानगरपालिका औद्योगिक क्षेत्र पनि भएकाले त्यसमा पनि काम गर्नुपर्ने होला। के गर्ने योजना छन्?
पछिल्ला वर्षमा यहाँ नयाँ लगानी भित्रिएका छैनन्। औद्योगिक वातावरण त बनाउनुपर्ने छ। अर्कोतिर उद्योग धन्दाका कारण प्रदुषण पनि भएका छन्। ध्वनी, जल, वायु प्रदुषण छन्। त्यसलाई नेपाल सरकारको मापदण्ड अनुसार कायम राख्नुपर्ने छ। उद्योग र स्थानीयबीचको द्वन्द्वलाई समाधान गर्नुपर्ने छ। हामीहरु जनताको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने स्थिति छ भने अर्कोतिर औद्योगिक वातावरण पनि बनाउनुपर्ने छ। 

अन्तिममा, गठबन्धनका दलहरु मतदानमा तपाईंप्रति इमानदार बन्नेमा कतिको विश्वस्त हुनुहुन्छ?
गठबन्धनका दलहरुबीच सुरुमा अलिअलि समस्या देखिएको भए पनि अहिले सबै समस्याहरु समाधान भइसकेका छन्। गठबन्धनमा रहनुभएका सबै दलहरुको जितपुर सिमराका नेतृत्वहरु चुनावी अभियानमा कस्सेर लागिसक्नुभएको छ। अहिले कुनै प्रकारका समस्याहरु छैनन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्