काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनले गठबन्धनले कांग्रेसलाई कुनै घाटा नभएको भन्दै कांग्रेसबाट पनि कसैलाई धोका नहुने बताए।
‘नेपाली कांग्रेसले आफूले पटक पटक धोका पाएको हो। तर, कांग्रेसले कसैलाई धोका दिँदैन,’उनले कार्यकर्तालाई भने,‘गठबन्धनलाई असर पर्ने हिसाबले कसैले पनि कुनै काम गर्नुहुँदैन।’
स्थानीय निर्वाचन २०७९ नेपाली कांग्रेस मोरङ्ग जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू गठबन्धनमा रहेका दलहरुको सहयोगमा प्रधानमन्त्री भएको प्रष्ट पारे।
‘गठबन्धन अहिलेको राष्टिय आवश्यकता हो। शंका उपशंका पैदा गर्ने काम गर्नु हुँदैन। नेपाली कांग्रेस धोका खाएको हो अरुलाई धोका दिँदैन त्यो कुरा बुझ्नुस साथीहरु सबैले,’उनले भने,‘यस्तो मौका गुमाउनु हुँदैन। उचाल्ने पछार्ने मानिस धेरै छन्। गठबन्धन अहिलेको आवश्यकता हो। धोका दिने काम नेपाली कांग्रेसबाट कहिले हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।