काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली समूहले पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द ‘विपल्व’लाइ हटाइएको छ।
असन्तुष्ट पक्षको चितवन भएको राष्ट्रिय भेलाले उक्त विप्लवलाई महासचिवबाट हटाउने निर्णय गरेको हो।
पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई महासचिवबाट हटाइएको जानकारी दिए।
केन्द्रीय समितिको निणर्य विपरीत स्थानीय तहको निर्वाचनमा सहभागी भएको र कंग्रेस-एमालेसँग गठबन्धन गरेको विषयलाई लिएर चन्दलाई कारबाही गरिएको असन्तुष्ट पक्षका नेताहरुले जनाएका छन्।
चितवन भेलाले पार्टीको प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पनि हटाइएको छ। भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको लोहनीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।