• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

जनकपुर उपमहानगर : विमलेन्द्रको क्षेत्रमा जसपालाई मेयर, गठबन्धनलाई कांग्रेसका बागीको डर

64x64
नेपाल लाइभ आइतबार, वैशाख २५, २०७९  ०७:०९
1140x725

जनकपुर– गएको सोमबार जनकपुरधाम उपमहानगरको पाँच दलीय सत्ता गठबन्धनको बैठकले मेयरमा लालकिशोर साह र उप–मेयरमा किशोरी साहलाई जिताउन सबै मिलेर प्रचारमा लाग्ने निर्णय गर्‍यो। गठबन्धन दलका कतिपय असन्तुष्ट नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि यस्तो निर्णय गरिएको थियो।

गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपा र उपमेयर कांग्रेसको भागमा परेको छ। तर, असन्तुष्ट नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसका जनकपुरधाम उपमहानगर कमिटीका अध्यक्ष मनोज साह मेयरका आकांक्षी थिए। मेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा परेपछि उनले कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनको तर्फबाट निवर्तमान मेयर लालकिशोर साह जसपाको तर्फबाट पुनः उम्मेदवार छन्। कांग्रेसका किशोरी साह उपमेयरका उम्मेदवार छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा निवर्तमान उपमेयर रीताकुमारी मिश्रले उम्मेदवारी दिएका छन्।

एमालेबाट शिवशंकर साह मेयरमा तथा रुना झा उपमेयरमा उम्मेदवार बनेका छन्। उपमेयरको टिकट पाउने भएपछि रुना झा कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेकी थिइन्। त्यसैगरी  रमण कन्ट्रक्सनका मालिक एवं निर्माण व्यवसायी बलराम महतो र इन्जिनियर रविकान्त लाललगायतले पनि स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका छन्।

२०७४ सालमा तत्कालीन राजपा हाबी
जनकपुरधाम उपमहानगरमा २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) हाबी भएको थियो। राजपाका उम्मेदवार लालकिशोर साहले निकटतम प्रतिश्पर्धीलाई साढ १० हजारभन्दा धेरै मतले पराजित गरेका थिए।

साहले २१ हजार ९०३ मत पाएका थिए। निकटम् प्रतिस्पर्धी कांग्रेसका मनोज साह सुडीले ११ हजार १६४ मत पाएका थिए। एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५, तत्कालीन संघिय समाजवादी फोरमका विष्णुदेव शाहले ३ हजार ६१२ र नेकपा माओवादी केन्द्रका चन्द्रशेखर साहले २ हजार १२८ मत पाएका थिए।

२०७४ सालमा ७५ हजार ५९४ मतदाता थिए। यस पटक ११ हजार मतदाता थपिएका छन्। उनीहरु जितका लागि निर्णायक हुन सक्छन्। अहिले जनकपुरमा कुल ८६ हजार ७६९ मतदाता छन्। जसमा पुरुष ४७ हजार ५०८ र महिला ३९ हजार २५८ जना छन्। 

जनकपुरमा यसपटक पनि गठबन्धन उम्मेदवार लालकिशोर साहलाई बलियो प्रतिश्पर्धी मानिएको छ। तर, नेपाली कांग्रेसभित्रको विवाद र जसपामा आएको विभाजन उनीहरूका लागि चुनौती बन्न सक्छ। एमालेले पनि पछिल्लो चरणमा आफ्नो अवस्था सुधार गरेका कारण यहाँ चार पक्षीय प्रतिश्पर्धा हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

गठबन्धनलाई बागी उम्मेदवारको डर!
जनकपुरमा सत्ता गठबन्धनका मेयर उम्मेदवार साहलाई विरासत जोगाउन सबैभन्दा ठूलो डर कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको छ। यसपटक कांग्रेस जनकपुरधाममा आफ्नो बर्चश्व फर्काउने दाउमा थियो। तर, गठबन्धनको भागबन्डामा यो उपमहानगर जसपालाई छाड्नुपर्ने भएपछि कांग्रेसका नेता तथा कार्यकर्ता निराश बनेका छन्।

नगर सभापतिबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवार बनेका मनोज साहलाई उम्मेदवारी फिर्ता गराउने कांग्रेस र गठबन्धन दलले प्रयास गरेका थिए। उनले उम्मेदवारी कायम राखेपछि घण्टाघर चुनाव चिह्न पाएका छन्। उनले उक्त चिह्न नमूना मतपत्रमा नभएको भन्दै निर्वाचन कार्यालयमा धर्नासमेत दिएका थिए। पछि आयोगले त्यसलाई सच्चाएपछि घर दैलोमा फर्केका छन्। उनले कांग्रेसकै मत धेरै पाउने हुँदा गठबन्धनलाई चुनौती देखिएको छ।

निधिलाई साख जोगाउने चुनौती
जनकपुरधामको मेयर जसपाको भागमा परे पनि प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं. ३ मा पर्ने भएकाले कांग्रेस नेता विमलेन्द्र निधिको चासो छ। उनी २०७४ सालको संघीय संसदको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भए पनि राजपाका राजेन्द्र महतोसँग पराजित भएका थिए।

आफ्नो निर्वाचन क्षेत्रका साथै गृह जिल्लासमेत भएकाले गठबन्धनभित्रको विवाद मिलाउन निधि केही दिनअघि जनकपुर पुगेका थिए। उनले नगर सभापति साहलाई स्वतन्त्र उम्मेदवार नहुन मनाउने प्रयास पनि गरेका थिए। महतोले २७ हजार ४९९ र निधिले २४ हजार ४७७ मत पाएका थिए। महतोलाई तत्कालीन वाम गठबन्धनले सघाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस पटकको निर्वाचनमा गठबन्धनलाई जिताएर निधि आफ्नो आधार खडा गर्न चाहन्छन्। यसपटक जसपा विभाजित भएपछि महतो लोसपातर्फ छन्। त्यही कारण पनि निधि आगामी चुनावका लागि आफूलाई सहज बनाउन लागि परेका छन्।

के भन्छन् उम्मेदवार?
सत्ता गठबन्धनका मेयरका उम्मेदवार लालकिसोर साहले आफूहरु जिततिर अग्रसर भएको बताए। उनले गठबन्धनमा यसअघि विवाद देखिए पनि अहिले आफूहरू मिलिसकेको दाबी गरे। २०७४ सालमा आफूले थालेका कतिपय योजना पूरा गर्न पनि जनकपुरबासीले फेरि आफूलाई जिताउने विश्वास रहेको उनको भनाइ छ। 

स्वतन्त्र उम्मेदवार मनोज साहले अहिलको निर्वाचनमा कसले जित्छ भनेर भन्न सक्ने अवस्था नभएको बताए। ‘अहिले नै कसले जित्छ भन्न सकिँदैन। गठबन्धनमा मिलेको छैन। हामीलाई जनताले साथ दिएका छन्,’ उनले भने, ‘विगतमा मेयर भएर धेरै काम नगरेकाले उहाँलाई जनताले मत दिँदैनन् भन्ने हाम्रो विश्वास हो।’

त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार एवं ठेकेदार बलराम महतोले आफूले जित्ने दाबी गरे। उनले यस पटक जनपुरधामका मतदाताले विकासप्रेमी उम्मेदवार छान्ने दाबी गरे। एमाले उम्मेदवार शिवशंकर साह र लोसपा उम्मेदवार मनोजकुमार चौधरीले सबै प्रतिस्पर्धीहरू अहिले बराबर अवस्थामा रहेको बताए।

दुई जना स्वतन्त्र उम्मेदवारले धेरै मत लैजाने भएकाले जनकपुरधाममा अहिले कुनै प्रष्ट चित्र नआएको स्वयम् कांग्रेसका जिल्ला सभापति योगेन्द्र पञ्जियार बताउँछन्। ‘नेपाली कांग्रेसका केही साथीहरूले विद्रोह गर्नु भएको छ। कांग्रेस आएर मेयर उठ्न खोजेका ठेकेदार बलराम महतोले पनि उम्मेदवारी दिनुभएकाले अहिले अन्योलको अवस्था छ।’

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्