• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

भीमदत्तकी उपमेयर उम्मेदवार भुवन : सामाजिक सेवामा २० वर्ष, ससुराको प्रेरणाले राजनीतिमा

64x64
धनु विश्वकर्मा सोमबार, वैशाख २६, २०७९  १०:५६
1140x725

काठमाडौं— भुवन केसी कुँवरले आगामी स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दर्ता गरेकी छिन्। सामाजिक क्षेत्रमा काम गरिरहेकी उनी उनी नेकपा (एमाले) को वडा कमिटीदेखि संगठित हुँदै राजनीतिमा अघि बढेकी हुन्। 

उनी वडाबाट इलाका कमिटी हुँदै अहिले एमालेको जिल्ला कमिटी सदस्य छिन्। अहिले पार्टीको जनवर्गीय संगठन बुद्धिजीवी परिषद्को सचिव भइन्। राजनीतिमा झन्डै दुई दशकको संघर्षपछि उनले जनप्रतिनिधि बन्ने अवसर पाएकी हुन्।

उनको विवाह २०५६ सालमा कञ्चनपुरका रवीन्द्र कुँवरसँग भएको हो। त्यसपछि पारिवारिक विरासतका कारण पनि राजनीतिमा आइन्। श्रीमान् रवीन्द्र पनि सक्रिय राजनितिमा छन्। ससुरा सूर्यबहादुर २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। उनी महेन्द्रनगरको पहिलो मेयर हुन्। त्यसअघि कञ्चनपुरमा नगरपालिका थिएन। साविकको महेन्द्रनगर नगरपालिकालाई २०६२/६३ पछि भीमदत्त नगरपालिका बनाइएको हो। 

उनी ससुरा सूर्यबहादुरलाई नै आफ्नो राजनीतिको प्रेरणाको स्रोत मान्छिन्। सूर्यबहादुरले इमान्दार र स्वच्छ छवि भएको नेताको छवि बनाएका थिए। उनको २०५९ सालमा नै निधन भइसकेको छ।

विवाह हुँदा उनी स्नातक पढ्दै थिइन्। ससुराकै प्रेरणाले आफूले पढाइ रोक्नु नपरेको उनको भनाइ छ। उनले भारतको कुमाऊ विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। 

यसअघि उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नै उम्मेदवार बन्ने तयारीमा थिइन्। तर, त्यो बेला उनले मौका पाइनन्। राजनीतिमा मौका नपाए पनि सामाजिक सेवामा भने उनी सक्रिय भइरहिन्।

उनको सामाजिक न्याय र सुशासन विज्ञ भएर काम गरेको दुई दशकभन्दा बढी भैसकेको छ। उनी भन्छिन्, ‘सामाजिक क्षेत्रमा लामो समय काम गरिसकेँ। बाँकी दिनमा राजनितिको माध्यमबाट सेवा गर्न निर्वाचनमा होमिएको हुँ। किनभने सामाजिक र सुशासनको क्षेत्रमा काम गर्दा धेरै कठिनाइ आए। राजनीतिको निर्णायक तहमा नपुगुन्जेल त्यस्ता चुनौती पार लगाउन सकिँदैन भन्ने बुझेपछि यता आएकी हुँ।’

नीति, नियम र योजना राजनीतिले बनाउने हुँदा मूल नै सफा गर्नुपर्ने उनको भनाइ छ। उनले राजनीतिबाहिरबाट पनि गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास, महिला हिंसा, बालविवाहजस्ता विकृति हटाउन संघर्ष गरेकी छिन्। अब राजनीतिक तहबाट यस्ता विकृतिमा प्रहार गर्ने आफ्नो योजना भएको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक न्याय र सुशासनमा दुई दशक 
२०५४ सालमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा उनी आफ्नो नयाँ अभियान सुरु गर्दै थिइन्। त्यस साल स्थापना गरेको नारी उत्थान केन्द्रलाई उनले २०५५ सालमा कानुनी रूपमा नै दर्ता गरिन्। यो संस्था उनले महिला हक अधिकारको पक्षमा काम गर्न खोलेकी थिइन्। 

सामाजिक, राजनीतिक र आर्थिक रूपमा पछाडि परेको क्षेत्रमा समाज सेवा गर्न त्यति सहज थिएन। महिलाका सवाल उठाउन सहज वातावरण थिएन। देश द्वन्द्वमा थियो। जनयुद्धको सेरोफेरोमा उनले मानव अधिकार रक्षाका सवालमा महत्त्वपूर्ण काम गरिन्। उनीसँग सामुदायिक प्रहरी सेवा केन्द्र, नारी उत्थान केन्द्र, शान्तिका लागि साझा अभियान (कोक्याप) र कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) मा काम गरेको अनुभव छ। २०६१ सालतिरको चुनौतीपूर्ण समयमा उनी सेलर्डको जिल्ला प्रशिक्षक थिइन्। 

अप्ठ्यारो समयमा पनि उनी काममा दत्तचित्त भएर लागिरहन्। त्यसैले उनले कञ्चनपुर जिल्लामा छुट्टै परिचय बनाइन्। उनले सुरु गरेको ‘लामो रेस’कै कारण अहिले ‘सुशासन विज्ञ’को परिचय बनाएकी छिन्।

उनले संघीय सरकारको सहयोगमा यूएसएआईडी परियोजनामा ‘सपोर्टर टु फेडरालिजम’मा भीमदत्त नगरपालिकाको संयोजक भएर दुई वर्ष  काम गरिसकेकी छन्। नगरपालिकामा रहेर संघीयता र स्थानीय तह सम्बन्धी काम गरेकी छन्। यसैका कारण उनलाई एमालेले उपमेयरमा उम्मेदवार बनाएको उनको भनाइ छ।

उनले न्यायका क्षेत्रमा पनि मध्यस्थकर्ताको रुपमा काम गरेकी छन्। सामान्य खालका मुद्दा अदालत पुग्नुअघि छलफल र मेलमिलापद्धारा छिनोफानो गराउन उनी सक्रिय छिन्। महिला हिंसा, बालविवाह, जातीय छुवाछुत, छाउपडी, बोक्सीको आरोप, कमलरी, हलिया प्रथा र अशिक्षाले ग्रस्त ठाउँमा आफु निर्णायक भएर काम गर्ने उनी बताउँछिन्। 

नागरिक शिक्षा, स्वास्थ्य बीमा, बेरोजगारीको अन्त्य, आवासविहीनहरुलाई आवास, न्यायमा महिला र सीमान्तकृत समुदायको पहुँच, स्थानीय सरकारमा सुशासन आफ्नो प्रमुख एजेन्डा भएको उनले बताइन्। समाजमा रहेका कुप्रथाविरुद्ध पनि योजना बनाएर काम गर्ने उनको लक्ष्य छ। ‘मेरो पहिलो प्राथमिकतामा महिला, बालबालिका र सीमान्तकृत जनता नै हुन्,’ उनी भन्छिन्, ‘जुन समुदायका समस्या देखेर यहाँसम्म आएँ, त्यसैको समाधान खोज्छु।’

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा : प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
‘बाढीले सिङ्गो नेपालको छातीमा बज्रपात गरेको छ, बिलौना गर्ने समय छैन’ : प्रधानमन्त्री शाह बुधबार, भदौ १७, २०८३
भोटेकोशीको पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको हो’ : प्रधानमन्त्री शाह बुधबार, भदौ १७, २०८३
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा अझैं उद्धारको पर्खाइमा मानिस, मेरो मन अधैर्य भइरहेको छ : सांसद खरेल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्