• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

घोषणापत्रमा कृषि : अर्ग्यानिक खेतीदेखि गाई भैंसीलाई सुत्केरी भत्तासम्म

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १३, २०७९  ०८:४१
1140x725

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयार गरेका दलहरुले कृषिलाई प्राथमिकता दिएका छन्। घोषणापत्रमा सबै दलहरुले कृषि शीर्षकमा आफ्नो योजना र प्राथमिकता निर्धारण गरेको देखिन्छ।

कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन बृद्धि, सिंचाई सुविधा पुर्‍याउने, आयात घटाउने, निर्यात बढाउने, अर्ग्यानिक खेतीको विकास गर्ने, समर्थन मूल्य तोक्ने, कृषि पेशालाई सुरक्षित बनाउने, सामूहिक खेती गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, ऋण दिने, बजारीकरण सुनिश्चित गर्ने जस्ता योजनाहरु सबै जसो दलको आफ्नो योजनामा राखेका छन्।

नेकपा एमालेले 'उन्नत कृषि : किसानको समृद्धि' शीर्षकमा आफ्नो योजनाहरु प्रस्तुत गरेको छ। उसले सिँचाइको विस्तार, कृषि– भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने भनेको छ। कृषिलाई लाभदायी पेशा बनाउँदै किसानहरूको बचत सुनिश्चित गर्ने, नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न सहकार्य गर्ने जस्ता योजना उसका छन्। 

'पशुपालनका लागि नस्ल सुधार, उन्नत घाँस, चरिचरन र खर्क, पशुजन्य औद्योगिक उत्पादन तथा व्यवस्थापन गर्ने, उच्च मूल्यका खाद्यान्न, फलफूल, जडिबटी, चिया, कफी, अलैंची, अदुवा, सुपारी, कपास, रेशम, उन, रेसा, केशर, पुष्प, काठ लगायत वस्तुहरूको उत्पादन, प्रशोधन र निर्यात गर्ने', एमालेको घोषणापत्रमा उल्लेख छ। 

कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने र उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै वितरणमा बिचौलियाको वर्चस्व अन्त्य गर्ने भनेको छ। अर्ग्यानिक खेतीको विकास गर्ने, प्रांगारिक मल र जैविक बिषादीको उत्पादन र प्रयोग गर्ने, रैथाने बिउहरूको संरक्षण र विकास गर्ने योजना एमालेको छ। खाद्य सुरक्षाको प्रत्याभुति गर्ने उसको योजना छ।

कांग्रेसले किसानहरुको सूचीकरण र वर्गीकरण, कृषि समग्री तथा कृषि सेवामा सुनिश्चित पहुँच, स्थानीय किसानलाई भूमि बैंकमा अग्राधिकार साना किसानलाई रु १० हजार बराबरको किसान क्रेडिट कार्ड, साना किसानलाई दुई प्रतिशतमा तथा मझौला र ठूला किसानलाइ चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था, कृषि बीमामा साना किसानलाइ ९० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान, उन्नत बीऊ विजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदान जस्ता योजनाहरु उसको छ। 

कांग्रेसले पनि आधारभूत खाद्यवस्तुको न्यूनतम समर्थन मूल्य, बजारीकरणका लागि कृषि एम्बुलेन्स, सान किसानका लागि सावधिक बीमाको प्रिमियममा ५० प्रतिशत सहायता जस्ता योजनाहरु पनि उसको छ।

कांग्रेसले कृषि उद्यमशिलता विकासमा नव प्रवर्तकहरुलाई प्रोत्साहन गर्ने भनेको छ। कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन गर्ने पनि उसको योजना छ। उसले रासायनिक मल गोदाम निर्माण र न्यायिक वितरणको सुनिश्चितता गर्ने भनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कृषियोग्य जमीनमा विद्युत् प्रसारण लाइनको व्यवस्था; कृषि उपज तथा पशुपन्छी उत्पादन र मत्स्यपालन कार्यका लागि निःशुल्क विद्युतको सुनिश्चतता, कृषि उपजहरुको प्राथमिक प्रशोधनको लागि आवश्यक पर्ने विद्युत महसुलमा कम्तिमा ५० प्रतिशत अनुदान, सौर्य सिँचाइ तथा सौर्य कृषि प्रबर्द्धन गर्न सौर्य पूर्वाधार जडान गर्न लाग्ने रकममा ५० प्रतिशत अनुदान दिने जस्ता योजनाहरु कांग्रेसको घोषणापत्रमा छन्।

कृषि बजारीकरणलाई कांग्रेसले पनि जोड दिएको छ। त्यस्तै, सबै स्थानीय तहमा न्यूनतम एक–एक जना कृषि तथा पशुपन्छी/भेटेनरी अधिकृत एवं वडा तहमा नायव प्राविधिक सहायकको दरबन्दी र निरन्तर क्षमता विकासको व्यवस्था गर्ने उसको योजना छ।

माओवादी केन्द्रले पनि कृषि उपजको समर्थन मूल्य तोकिने प्रतिबद्धता व्यक्त गरेको छ। 'हरेक पालिकामा शीत भण्डार,संकलन तथा प्रशोधन केन्द्र र कृषि बजारको व्यवस्था गरिने छ', उसले जारी गरेको प्रतिबद्धतापत्रमा भनिएको छ ।

'अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार' नारा दिएको माओवादी केन्द्रले कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित व्यवस्थापन, सिंचाइको उचित व्यवस्था, कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण, साना मझौला किसानहरुको सहकारी संगठन र समूहहरुको निर्माण, ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि श्रृङ्खलामा जोड दिइने योजना अघि सारेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, कृषि पेशामा संलग्न प्रत्येक किसानहरुलाई किसान परिचय–पत्र, कृषक पेन्सनको व्यवस्था गरिने र कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण र अनुदान, व्यवसायिक तालिम, प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको व्यवस्था गरिने भनिएको छ।

एकीकृत समाजवादीले  'संरक्षित कृषि बजार: किसानको जीवनमा बहार' नाराका साथ कृषिसँग सम्बन्धित योजनाहरु अघि सारेको छ। कृषि उत्पादन खेर जाने स्थितिको अन्त्य गर्न पालिकाले खरिद गरिदिने व्यवस्था गरिदिने योजना ल्याएको छ। सिंचाइ सुविधा उपलब्ध गराउने, रासायनिक मलको निर्भरता हटाउने, हानिकारक बिषादीको प्रयोगलाई निषेध गर्ने जस्ता प्रतिबद्धता व्यक्त गरेको छ।

उसले 'विदेसिएका युवालाई स्वदेश फर्काऊँ: कृषि उत्पादनमा बृद्धि गरौँ।' भन्ने आह्वानका साथ युवाहरुलाई कृषि उत्पादनतर्फ आकर्षित गर्ने सो पार्टीको योजना छ। अन्य पार्टीले जस्तै सहकारी तथा सामूहिक खेतीको अभ्यासलाई अगाडि बढाउने भनिएको छ। भूमि बाँझो राख्न नपाउने विषयलाई कडाइका साथ लागू गरिने भनिएको छ। मलखाद कारखानाको स्थापना गर्ने प्रतिबद्धता उसको छ। 

अर्को पार्टी जसपाले पनि कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिने र तराईका कृषीयोग्य जमिनको व्यापक उपयोग र पहाडमा फलफूल र पशुपालनको विकासमा जोड दिने भनेको छ।

'युवाहरूलाई कृषि पेशामा आकर्षित गर्न र यस क्षेत्रको उत्पादकत्व बढाउन कृषिमा यान्त्रिकरण, आधुनिकीकरण र ब्यवसायीकरणमा गर्न जोड दिइने', उसको घोषणापत्रमा भनिएको छ।

साना किसानहरूलाई सहकारीमा संगठित गराएर व्यवसायिक खेती गर्ने व्यवस्था मिलाइने जसपाको घोषणापत्रमा उल्लेख छ।  कृषिमा आधारित स्थानीय उद्यम गर्न चाहने सिमान्तकृत महिला र साना किसानलाई सहुलियत ब्याज दरमा कृषि ऋण उपलब्ध गराइने भनिएको छ।

'किसानले बर्सेनि भोगिरहेको मलको समस्या समाधान र माटोको अवस्था सुधार्न स्वदेशमै भर्मी कम्पोष्ट, हरियो मल र बायो फर्टिलाइजर उत्पादन र प्रयोगमा जोड दिइने छ', जसपाको घोषणापत्रमा उल्लेख छ। 

त्यस्तै, जसपाले पनि व्यवसायिक कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने प्रतिबद्धता व्यक्त गरेको छ। 'सन् २०३० सम्म लागु हुने गरी व्यवसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने, कामदारहरूको तलब तथा उद्यमीहरूको खूद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गरिने छ', घोषणापत्रमा भनिएको छ।

राप्रपाले गाइ भैंसीलाई सुत्केरी भत्ता दिने, गाई, भैंसी, बाख्रामा कृत्रिम गर्भाधान सेवा पूर्ण रुपमा निःशुल्क जस्ता योजना अघि सेको छ। उसले निर्यातमूलक कृषिजन्य उत्पादनमा प्राथमिकता, सामूहिक खेती गर्ने समूहलाई अनुदान, किसानको खेत खेतमा बिजुली, उब्जाउ जमिन बाँझो नरहने व्यवस्था गर्ने जस्ता प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्