• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

शबरी : अन्तरजातीय प्रेम र विद्रोहको जित, तर हिन्दूमोहले चुकेका लेखक

64x64
धनु विश्वकर्मा शनिबार, वैशाख १०, २०७९  १८:४३
1140x725

हातमा किताब पर्नेबित्तिकै नाममा मेरा आँखा रोकिए। शबरीलाई चिन्न गुगल गरेँ। उनी भगवान रामभक्त थिइन्। आफ्नो भक्तिबाट प्रभावित भएर रामले शबरीको जुठो बयर खाएको प्रसंग रामायण, रामचरित मानस, सुरसागर आदि ग्रन्थमा छ। पौराणिक कथा अनुसार फागुन कृष्णपक्षको सप्तमी तिथिमा नै शबरीलाई भगवान रामको आशीर्वाद प्राप्त भएको र मोक्ष प्राप्ति भएको थियो। उनी दलित महिला हुन्। 

राजनीतिकर्मी तथा लेखक बलदेव मजगैयाँकृत ‘शबरी’ अन्तरजातीय प्रेम र विवाहको सेरोफेरोमा छ। विद्रोह र त्यसले निम्त्याउने बहिस्कारको कथामा आधारित छ। 

शबरी दलित समुदायकी र दुष्यन्त गुरुकुलमा संस्कृत अध्ययन गरिराखेकी विद्यार्थी हुन्। दुई फरक जातका केटा र केटीबीचको प्रेमलाई मजगैयाँले उपन्यासमा निकै सरल भाषामा उतारेका छन्।

यो किताब हातमा लिदैँ गर्दा र पानापानामा डुबुल्की मार्दै गर्दा आफ्नै घरपरिवार र समाजमा भएका अन्तरजातीय प्रेम र विवाहका घटना दिमागमा टपक्क आइबसे। मलाई यो उपन्यास नौलो लागेन। 

त्रेता युगकी शबर पनि दलित थिइन्। उनले त्यो युगमा नै विद्रोह गरेकी कारण उनैबाट प्रभावित भएर आमाले आफ्नी छोरीको नाम पनि शबरी राखिन्।

शबरी ठूली भइन्। दुष्यन्तको प्रेममा परिन्। शबरीले आफू दलित भएको दुष्न्तलाई बताएकी थिइन्। उनको प्रेमका मुना पलाउँदै गर्दा जात कहिले आएन। हुन त यो समाजमा पे्रम गर्दा जात सजिलै आउँदैन। तर, बिस्तारै प्रेमलाई विवाहमा परिणत गर्नुपरेमा अनेक प्रश्न उठ्छन्। 

उपन्यासमा पनि भयो त्यस्तै। विवाहको कुरा चलेपछि दुष्यन्तको दिल दिमागमा शबरीभन्दा आफ्नो परिवार र समाज आँखा अगाडि उभिन थाले। अब उनले प्रेमभन्दा परिवार र समाज देख्न थाले।

दुष्यन्त पनि गुरुकुलमा संस्कृत अध्ययन गरिराखेका छन्। ब्राहमण परिवारका हुन्। घरमा अरु छोराले उनका खानदानी पेसा छाडेका थिए। दुष्यन्त विज्ञानका समेत विद्यार्थी हुन्, तर संस्कृतिका श्लोक र ऋचा पनि कन्ठस्त गरिराखेका छन्।

यता, शबरीको आमाको पनि अन्तरजातीय विवाह हो। उनी गैरदलित परिवारकी हुन्। उनको माइतीमा कुनै नाता छैन। फरक समुदायमा बिहे गरेकै कारण परिवारबाट बहिस्करणमा परिन्। परिवारले दलितसँग विवाह गरेको भन्दै कहिले स्वीकार गरेन। त्यही पीडा उनकी छोरी शबरीले भोग्दैछिन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनलाई आमाको भरपुर साथ थियो। तर, प्रेमीले साथ छाडे। त्यैपनि उनले संघर्ष छाडिनन्। 

निकै समयको अन्तरद्वन्द्वपछि उनको प्रेमको जित हुन्छ। केटाको परिवारलाई जानकारी नदिइ नै विवाह गर्छन्। तर, अब घर जान समस्या हुन्छ। केटाको घरमा भने छोरा गुरुकुलबाट दीक्षित भएर आउँदै गरेको कल्पनाले बाबु सुवास र आमा रचना गर्व महसुस गरिरहेका हुन्छन्।

युवती लिएर घर पुगेको दुश्यन्तलाई देखेर आमाबाबु छक्क पर्छन्। उनले आमाबाबुलाई आफूले विवाह गरेको जानकारी दिन्छन्। शबरी दलित समुदायको भएको पनि जानकारी गराउँछन्।

परिवारले उनीहरूको विवाह स्वीकार्दैन। घरबाट अलग हुन्छन्। शबरीको घरमा आश्रय लिएर बस्छन्। 

दुष्यन्तले पछि फार्मेसी खोलेर सञ्चालन गर्दा दलित भएका कारण उनलाई कुटपिट गरिन्छ। यतिसम्म कि, उनको पसलमा कोही पनि गैरदलित आउँदैन। पसल बन्द गर्छन्। 

यो उपन्यास पढिरहँदा मनमा धेरै प्रश्न उठे। यो कथाले आँखैअगाडि भएका धेरै यथार्थ घटना एकएक गरी दिमागमा आए। अन्तरजातीय प्रेम र विवाहकै कारण हत्यासम्म भएका घटना छन्।

ती कथालाई उपन्यासमा लेखिरहन जरुरी छ जस्तो लाग्दैन। समाजका अलिखित कथा कति छन कति! तिनको ठेली बनाउँन सकिँदैन। 

२०५८ सालमा महोत्तरीका कृष्णबहादुर पासवान, २०६८ मा सप्तरीका शिवशंकर दास र दैलेखका सेते दमाईको ज्यान गयो। २०७० सालमा तनहुँकी संगीता परियारको ज्यान गएको छ। काभे्रपलाञ्चोकका अजित मिजारको २०७३ असारमा हत्या भयो। उनको शव अझै त्रिवि शिक्षण अस्पतालमा छ। २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजाहारी नगरपालिकाका नवराज विकलगायत ६ जनाको नरसंहार गरियो। 

अन्तरजातीय विवाह भनेको समाज अन्तरघुलनको तत्व पनि हो। तर, अन्तरजातीय प्रेम गरेकै कारण ज्यान जाने घटना किन भइरहेका छन्? किन गाउँ समाजबाट विस्तापित गरिन्छ? तिरस्कार गरिन्छ? यी बहस हुँदै गर्दा पनि हिंसा रोकिएको छैन। चितवनमा भीमबहादुर विकको हत्या भयो। 

र, यी कथामा उपन्यास लेखिन जरुरी पनि छ। यी अपराधका श्रृङ्खला लिपिबद्ध हुनुपर्छ, ताकि विभेद गर्ने र अन्यायको हदसम्म पुग्नेहरूका सन्तान दरसन्तानले तिनका पुर्खाले गरेको अपराध थाहा पाउन्। अनि दुष्यन्तहरूको विद्रोहले जुगौँसम्म सम्मान पाउन्। यसै अर्थमा शबरीलाई बुझेँ मैले।

उपन्यासले हिन्दू धर्मभित्रको वर्णव्यवस्थामा पनि प्रहार गरेको छ। वर्णव्यवस्था नै विभेदको जग हो। धार्मिक अन्धविश्वास र अहंकार नै विभेदको पर्खाल हो। उपन्यासमा कतै लेखिएको छ, ‘कुनै पनि धर्मले सुख र शान्तिको हरण गर्दैन, स्वाभिमानको हरण गर्दैन। फेरि पनि हामी हीनता र ग्लानीमा बाँच्न विवश छौँ। हेर्नुस् धर्मको मूलमा यो सबै छैन। यो आडम्बर त पछि आएर धर्मको नाममा प्रभुत्व लाद्नेहरुको सोचले ल्याएको दुष्परिणाम हो।’

यसबाट लेखक कतै हिन्दू धर्मको बढी नै मोहमा छन् कि भन्ने प्रश्न उठाएको छ। आखिर जातीय र लैंगिक विभेदको जग मनुस्मृति, रामायणलगायत ग्रन्थ पनि हुन्। यी नै ग्रन्थका नाममा विभेदलाई मलजल गरिएको छ।

अझ लेखकले गान्धीलाई दलितप्रति सकारात्मक भएको बताएका छन्। तर, यो विवादित विषय हो। गान्धीले ‘हरिजन’ लेखाउनुको रहस्य जातीय संरचना थाम्ने मोह मात्र भएको आरोप पनि छ। समाज खल्बलिन नदिन अर्को समुदायले विभेद भोगिराख्नुपर्छ भन्ने गान्धीवादी सोच सर्वथा गलत छ। गान्धि कति दलितमैत्री थिए भन्ने विषय अरुन्धतीको पुस्तकको नेपाली अनुवाद ‘ती महात्मा ती विद्राही’ पढ्दा पनि थाहा पाउन सकिन्छ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्