• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

शबरी : अन्तरजातीय प्रेम र विद्रोहको जित, तर हिन्दूमोहले चुकेका लेखक

64x64
धनु विश्वकर्मा शनिबार, वैशाख १०, २०७९  १८:४३
1140x725

हातमा किताब पर्नेबित्तिकै नाममा मेरा आँखा रोकिए। शबरीलाई चिन्न गुगल गरेँ। उनी भगवान रामभक्त थिइन्। आफ्नो भक्तिबाट प्रभावित भएर रामले शबरीको जुठो बयर खाएको प्रसंग रामायण, रामचरित मानस, सुरसागर आदि ग्रन्थमा छ। पौराणिक कथा अनुसार फागुन कृष्णपक्षको सप्तमी तिथिमा नै शबरीलाई भगवान रामको आशीर्वाद प्राप्त भएको र मोक्ष प्राप्ति भएको थियो। उनी दलित महिला हुन्। 

राजनीतिकर्मी तथा लेखक बलदेव मजगैयाँकृत ‘शबरी’ अन्तरजातीय प्रेम र विवाहको सेरोफेरोमा छ। विद्रोह र त्यसले निम्त्याउने बहिस्कारको कथामा आधारित छ। 

शबरी दलित समुदायकी र दुष्यन्त गुरुकुलमा संस्कृत अध्ययन गरिराखेकी विद्यार्थी हुन्। दुई फरक जातका केटा र केटीबीचको प्रेमलाई मजगैयाँले उपन्यासमा निकै सरल भाषामा उतारेका छन्।

यो किताब हातमा लिदैँ गर्दा र पानापानामा डुबुल्की मार्दै गर्दा आफ्नै घरपरिवार र समाजमा भएका अन्तरजातीय प्रेम र विवाहका घटना दिमागमा टपक्क आइबसे। मलाई यो उपन्यास नौलो लागेन। 

त्रेता युगकी शबर पनि दलित थिइन्। उनले त्यो युगमा नै विद्रोह गरेकी कारण उनैबाट प्रभावित भएर आमाले आफ्नी छोरीको नाम पनि शबरी राखिन्।

शबरी ठूली भइन्। दुष्यन्तको प्रेममा परिन्। शबरीले आफू दलित भएको दुष्न्तलाई बताएकी थिइन्। उनको प्रेमका मुना पलाउँदै गर्दा जात कहिले आएन। हुन त यो समाजमा पे्रम गर्दा जात सजिलै आउँदैन। तर, बिस्तारै प्रेमलाई विवाहमा परिणत गर्नुपरेमा अनेक प्रश्न उठ्छन्। 

उपन्यासमा पनि भयो त्यस्तै। विवाहको कुरा चलेपछि दुष्यन्तको दिल दिमागमा शबरीभन्दा आफ्नो परिवार र समाज आँखा अगाडि उभिन थाले। अब उनले प्रेमभन्दा परिवार र समाज देख्न थाले।

दुष्यन्त पनि गुरुकुलमा संस्कृत अध्ययन गरिराखेका छन्। ब्राहमण परिवारका हुन्। घरमा अरु छोराले उनका खानदानी पेसा छाडेका थिए। दुष्यन्त विज्ञानका समेत विद्यार्थी हुन्, तर संस्कृतिका श्लोक र ऋचा पनि कन्ठस्त गरिराखेका छन्।

यता, शबरीको आमाको पनि अन्तरजातीय विवाह हो। उनी गैरदलित परिवारकी हुन्। उनको माइतीमा कुनै नाता छैन। फरक समुदायमा बिहे गरेकै कारण परिवारबाट बहिस्करणमा परिन्। परिवारले दलितसँग विवाह गरेको भन्दै कहिले स्वीकार गरेन। त्यही पीडा उनकी छोरी शबरीले भोग्दैछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनलाई आमाको भरपुर साथ थियो। तर, प्रेमीले साथ छाडे। त्यैपनि उनले संघर्ष छाडिनन्। 

निकै समयको अन्तरद्वन्द्वपछि उनको प्रेमको जित हुन्छ। केटाको परिवारलाई जानकारी नदिइ नै विवाह गर्छन्। तर, अब घर जान समस्या हुन्छ। केटाको घरमा भने छोरा गुरुकुलबाट दीक्षित भएर आउँदै गरेको कल्पनाले बाबु सुवास र आमा रचना गर्व महसुस गरिरहेका हुन्छन्।

युवती लिएर घर पुगेको दुश्यन्तलाई देखेर आमाबाबु छक्क पर्छन्। उनले आमाबाबुलाई आफूले विवाह गरेको जानकारी दिन्छन्। शबरी दलित समुदायको भएको पनि जानकारी गराउँछन्।

परिवारले उनीहरूको विवाह स्वीकार्दैन। घरबाट अलग हुन्छन्। शबरीको घरमा आश्रय लिएर बस्छन्। 

Xtrem

Xtrem

दुष्यन्तले पछि फार्मेसी खोलेर सञ्चालन गर्दा दलित भएका कारण उनलाई कुटपिट गरिन्छ। यतिसम्म कि, उनको पसलमा कोही पनि गैरदलित आउँदैन। पसल बन्द गर्छन्। 

यो उपन्यास पढिरहँदा मनमा धेरै प्रश्न उठे। यो कथाले आँखैअगाडि भएका धेरै यथार्थ घटना एकएक गरी दिमागमा आए। अन्तरजातीय प्रेम र विवाहकै कारण हत्यासम्म भएका घटना छन्।

ती कथालाई उपन्यासमा लेखिरहन जरुरी छ जस्तो लाग्दैन। समाजका अलिखित कथा कति छन कति! तिनको ठेली बनाउँन सकिँदैन। 

२०५८ सालमा महोत्तरीका कृष्णबहादुर पासवान, २०६८ मा सप्तरीका शिवशंकर दास र दैलेखका सेते दमाईको ज्यान गयो। २०७० सालमा तनहुँकी संगीता परियारको ज्यान गएको छ। काभे्रपलाञ्चोकका अजित मिजारको २०७३ असारमा हत्या भयो। उनको शव अझै त्रिवि शिक्षण अस्पतालमा छ। २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजाहारी नगरपालिकाका नवराज विकलगायत ६ जनाको नरसंहार गरियो। 

अन्तरजातीय विवाह भनेको समाज अन्तरघुलनको तत्व पनि हो। तर, अन्तरजातीय प्रेम गरेकै कारण ज्यान जाने घटना किन भइरहेका छन्? किन गाउँ समाजबाट विस्तापित गरिन्छ? तिरस्कार गरिन्छ? यी बहस हुँदै गर्दा पनि हिंसा रोकिएको छैन। चितवनमा भीमबहादुर विकको हत्या भयो। 

र, यी कथामा उपन्यास लेखिन जरुरी पनि छ। यी अपराधका श्रृङ्खला लिपिबद्ध हुनुपर्छ, ताकि विभेद गर्ने र अन्यायको हदसम्म पुग्नेहरूका सन्तान दरसन्तानले तिनका पुर्खाले गरेको अपराध थाहा पाउन्। अनि दुष्यन्तहरूको विद्रोहले जुगौँसम्म सम्मान पाउन्। यसै अर्थमा शबरीलाई बुझेँ मैले।

उपन्यासले हिन्दू धर्मभित्रको वर्णव्यवस्थामा पनि प्रहार गरेको छ। वर्णव्यवस्था नै विभेदको जग हो। धार्मिक अन्धविश्वास र अहंकार नै विभेदको पर्खाल हो। उपन्यासमा कतै लेखिएको छ, ‘कुनै पनि धर्मले सुख र शान्तिको हरण गर्दैन, स्वाभिमानको हरण गर्दैन। फेरि पनि हामी हीनता र ग्लानीमा बाँच्न विवश छौँ। हेर्नुस् धर्मको मूलमा यो सबै छैन। यो आडम्बर त पछि आएर धर्मको नाममा प्रभुत्व लाद्नेहरुको सोचले ल्याएको दुष्परिणाम हो।’

यसबाट लेखक कतै हिन्दू धर्मको बढी नै मोहमा छन् कि भन्ने प्रश्न उठाएको छ। आखिर जातीय र लैंगिक विभेदको जग मनुस्मृति, रामायणलगायत ग्रन्थ पनि हुन्। यी नै ग्रन्थका नाममा विभेदलाई मलजल गरिएको छ।

अझ लेखकले गान्धीलाई दलितप्रति सकारात्मक भएको बताएका छन्। तर, यो विवादित विषय हो। गान्धीले ‘हरिजन’ लेखाउनुको रहस्य जातीय संरचना थाम्ने मोह मात्र भएको आरोप पनि छ। समाज खल्बलिन नदिन अर्को समुदायले विभेद भोगिराख्नुपर्छ भन्ने गान्धीवादी सोच सर्वथा गलत छ। गान्धि कति दलितमैत्री थिए भन्ने विषय अरुन्धतीको पुस्तकको नेपाली अनुवाद ‘ती महात्मा ती विद्राही’ पढ्दा पनि थाहा पाउन सकिन्छ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्