• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
पालिकामा महिला–५

६ वटा महानगरको मेयरमा ठूला दलबाट महिलाको पनि दाबी, क–कसको छ सम्भावना?

64x64
धनु विश्वकर्मा बिहीबार, वैशाख ८, २०७९  ०९:३२
1140x725

काठमाडौं— आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ वटा महानगरपालिकामा दलहरूले उठाउने उम्मेदवारबारे चासो बढेको छ। यी महानगरमा दलहरूको रोजाइमा मेयरका लागि धेरै पुरुष उम्मेदवार नै पर्ने निश्चितजस्तै छ। त्यसो हुँदा महिलाको भागमा फेरि पनि उपमेयर नै पर्नेछन्।

तर, अधिकांश महानगरमा मेयरका लागि महिलाले पनि दाबी पेस गरेका छन्। नेपाली कांग्रेसले तीन वटामा नाम सिफारिस गरेको छ। नेकपा (एमाले)ले तीन वटामा उम्मेदवार नै टुंग्याइसकेको छ भने बाँकीमा सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले भने नाम सिफारिस गरिसकेका छैनन्।

सत्ता गठबन्धनमा रहेका दलले वैशाख ७ मा मात्र उम्मेदवार भागबन्डाको सहमति गरेका छन्। जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको भागमा क्रमशः भरतपुर र पोखरा महानगर परेका छन्। कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर परेका छन्।

कांग्रेसले विराटनगरमा सात जनालाई मेयरको उम्मेदवार बनाउन सिफारिस गर्दा दुई जना महिला परेका छन्। उता, भरतपुरमा मेयरका लागि २५ जनाको नाम सिफारिस गर्दा दुई जना मात्र महिला छन्। ललितपुरमा सिफारिसमा परेका सातजनामध्ये एक जना महिला छिन्।

तर, कांग्रेसले भरतपुरको मेयरमा माओवादी केन्द्रलाई सघाउने सहमति गरेको छ। माओवादी केन्द्रले रेणु दाहाललाई उम्मेदवार बनाउने संभावना धेरै छ। यसअघि भएको निर्वाचनमा उनी महानगरको एक्लो महिला मेयर पनि हुन्।

एमालेले ललितपुर, भरतपुर र वीरगञ्जमा मेयरको उम्मेदवार निश्चित गरिसकेको छ। एमालेले तीन वटै महानगरमा पुरुष उम्मेदवार उठाउने भएको छ। बाँकी महानगरमध्ये काठमाडौंमा एक र पोखरामा दुई महिला मेयर उम्मेदवारको सिफारिसमा परेका छन्। विराटनगरबाट मेयरमा महिला उम्मेदवार सिफारिस गरिएको छैन।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामा १४ हजार ३५६ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए। तीमध्ये १८ जना प्रमुख हुन्। उपप्रमुखमा भने ७०० जना निर्वाचित भएका थिए। दलहरूले उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ। तर, दलहरूले गठबन्धन गर्दा महिलाको भाग खोसेर पुरुषलाई मात्र उम्मेदवार बनाउने संभावना बढेको विश्लेषकहरू बताउँछन्।

कांग्रेस नेतृ डा.डिला संग्रौलाले पनि गठबन्धनका कारण महिला नेतृत्वमा कमी आउने आशंका व्यक्त गरेकी छन्। उनी आफैं विराटनगर महानगरपालिकामा मेयरको दाबी गरिराखेकी छन्। दलले मेयरमा पुरुषलाई उठाउने र महिलालाई उपमेयरमा खुम्च्याउने पुरानै चरित्र दोहोरिने जोखिम रहेपछि आफूले मेयर दाबी गरेको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रले भने प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन परिपत्र गरेको छ। त्यसरी नेतृत्व दिँदा कुल ७५३ स्थानीय तहमध्ये कम्तीमा ७७ वटा पालिका प्रमुखमा महिला आउने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख गरेका छन्।

काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट पाँचजनाको नाम सिफारिस भएको छ। जसमा इन्दिरा पन्त मात्र परेकी छिन्। २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौँको उपमेयरको सिफारिसमा परेकी थिइन्। तर, एमाले र राप्रापबीच भागबन्डा हुँदा उपमेयर राप्रपाको भागमा परेको थियो। 

कांग्रेसले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर, आकांक्षी धेरै हुँदा तीनजनाभन्दा बढीको नाम सिफारिस गर्ने गरिएको छ। 

कांग्रेसबाट काठमाडौंको मेयरमा हरिप्रभा खड्गी, सिर्जना सिंह र सपना जोशीको चर्चा छ। हरिप्रभा हालकी उपमेयर हुन्। सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्। सपना जोशी भने स्व.नगेन्द्रराज जोशीकी श्रीमती हुन्।

विवेकशील साझा पार्टीले भने, ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ; राजधानीको गौरव पुनस्र्थापित गरौँ!’ भन्ने नाराका साथ मेयर र उपमेयरको उम्मेदवारमा महिलालाई अगाडि सारेको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निश्चित भएको छ।

बाँस्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छिन्। उनी गएको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी थिइन्। त्यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसिजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। सन् २०११ मा मिस नेवाःको उपाधि विजेता सुनिता डंगोलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्। 

ललितपुर महानगर
कांग्रेसले ललितपुर महानगरपालिकामा गीता सत्यालसहित सात जनालाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरेको छ। गीता अहिलेकी उपमेयर पनि हुन्। 

एमालेले ललितपुर महानगरमा मेयरका उम्मेदवार नै टुंगो लगाइसकेको छ। गत निर्वाचनमा मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकार फेरि उम्मेदवार बन्ने भएका छन्। २०७४ सालको निर्वाचनमा उनी कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए। 

पोखरा महानगर 
एमालेले पोखरा महानगरको मेयरमा दुई महिलासहित १२ जनालाई सिफारिस गरेको छ। मेयरका लागि महिलामा केन्द्रीय सदस्य मीनाकुमारी गुरुङ र सावित्री भण्डारी सिफारिसमा परेका छन्। 

कांग्रेसबाट १० जनाले दाबी पेस गर्दा दुई महिला सरस्वती गुरुङ र कोपिला रानाभाटले पनि आकांक्षा राखेका थिए। तर, सत्ता गठबन्धन दलको सहमतिमा यो महानगर एकीकृत समाजवादीको भागमा परेको छ। एकीकृत समाजवादीले उम्मेदवार छनौटको प्रक्रिया थालेको छैन। 

भरतपुर महानगर
एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कांग्रेसबाट हालकी उपमेयर पार्वती शाह ठकुरी, गौरीकुमारी श्रेष्ठ र मीनाकुमारी खरेलको चर्चा थियो। तर, सत्ता गठबन्धन दलहरूले माओवादीलाई मेयर छाड्ने सहमति गरेपछि हालकी मेयर रेणु दाहालकै संभावना बढेको छ।

रेणुले गत निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई पराजित गरेकी थिइन्। त्यति बेला पनि यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। अहिले मेयर र उपमेयर दुवै जना महिला रहेको एक मात्र महानगरपालिका भरतपुर हो। 

वीरगञ्ज महानगरपालिका
एमालेले वीरगञ्ज महानगरपालिकामा विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सत्ता गठबन्धन दलहरूले यो महानगर जनता समाजवादी पार्टी (जसपा)लाई छाड्ने भएका छन्। सरावगी अघिल्लो निर्वाचनमा जसपाबाटै निर्वाचित भए पनि अहिले एमाले प्रवेश गरेर उम्मेदवार बन्ने भएका हुन्। जसपाले वीरगञ्जमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन।

विराटनगर महानगरपालिका
एमालेले मेयरका लागि पाँचजना सिफारिस गर्दा महिलाको नाम समावेश छैन। कांग्रेसबाट सात जनाको नाम सिफारिस हुँदा दुई जना महिला छन्। डा.डिला संग्रौला र इन्दिरा कार्की सिफारिसमा परेका छन्। डिला प्रतिनिधिसभाकी सांंसद हुन्। इन्दिरा हालकी उपमेयर हुन्। सत्ता गठबन्धन दलबीच विराटनगर कांग्रेसलाई छाड्ने सहमति भएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्