काठमाडौं- आगामी स्थानीय तहका निर्वाचनका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको छ।
शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवास खुमलटारमा पार्टी केन्द्रीय कार्यालय तथा उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको विस्तारित बैठक बसेको हो।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा स्थानीइ तह निर्वाचनको तयारीको अवस्था र पार्टीले लिने रणनीतिबारे छलफल भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।