• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

केजीएफ : जहाँबाट १२१ वर्षमा निकालियो ९०० टन सुन

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  ०७:००
1140x725

आइतबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘केजिएफ–२’ को एक संवाद ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रह्यो। ‘उनीहरूलाई भनिदिनू, म आफ्नो केजिएफ लिन आइरहेको छु’, अभिनेता सञ्जय दत्तले यो संवाद बोलेका हुन्।

उक्त संवाद भएको ट्रेलरले रिलिज भएको दुई दिनमा नै युट्युबमा ६.२ करोड भ्युज भएको थियो। हलमा लागेको यो फिल्मले त्यसअघिदेखि नै राम्रो चर्चा पायो। फिल्ममा सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजसँगै मुख्य भूमिकामा कन्नड सुपरस्टार यशको अभिनय छ।

यो फिल्मलाई कन्नड भाषामा निर्माण गरिएको हो। २०१८ डिसेम्बर २१ मा फिल्मको पहिलो भाग कन्नड, तेलगु र तमिलसँगै हिन्दी भाषामा पनि प्रदर्शन भएको थियो। त्यसयता फिल्मले भारतसँगै अन्य देशमा पनि निकै चर्चा मात्र कमाएक कि, दोस्रो भागका लागि दर्शकलाई प्रतीक्षा गर्न बाध्य बनायो।

‘केजीएफ’ को पूरा रूप हो ‘कोलार गोल्ड फिल्ड्स’ अर्थात् सुन पाइने जमिन। फिल्मको मुख्य कथावस्तु यही जमिनको विषयमा आधारित छ। आखिर के हो त केजीएफ?

केजीएफको इतिहास
केजीएफ भारतको कर्नाटकको दक्षिण पूर्व क्षेत्रमा अवस्थित छ। केजीएफ अर्थात् सुनखानी दक्षिण कोलार जिल्लाको मुख्यालयभन्दा ३० किलोमिटर पर रोबर्टसनपेट नामको एक प्रशासनिक अड्डा नजिक छ।

बेंगलुरुको पूर्वमा रहेको बेंगलुरु–चेन्नाई ‘एक्सप्रेस वे’भन्दा १०० किलोमिटर पर केजीएफ शहर छ। भारतीय सञ्चारमाध्यम ‘द क्विन्ट’ले प्रकाशित गरेको एक रिपोर्टमा केजीएफको इतिहासबारे लेखिएको छ। उक्त रिपोर्टअनुसार सन् १८७१ मा न्युजील्यान्डबाट भारत आएका सैनिक माइकल फिट्जगेराल्ड लेवेलीले बेंगलुरुमा घर बनाएका थिए। त्योबेला उनले आफ्नो धेरैजसो समय पढ्नमै बिताउँथे।

यसबीच उनले सन् १८०४ मा एसियाटिक जर्नलमा छापिएको चार पानाको एक लेख पढे। उक्त लेखमा कोलारमा पाइने सुनबारे बताइएको थियो। लेख पढेसँगै उनलाई कोलारप्रति रूची जाग्दै  गयो।

यो विषयमा अध्ययन गरिरहेका लेवेलीको हातमा बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनले लेखेको एक लेख आइपुग्यो। लेवेलीलाई उपलब्ध जानकारीअनुसार सन् १७९९ मा श्रीरंगपट्टनमको लडाइँमा अंग्रेजहरूले टिपू सुल्तानलाई मारेर कोलार र वरपरका क्षेत्र आफ्नो कब्जामा लिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको केही समयपछि अंग्रेजले यो जमिन मैसुर राज्यलाई सुम्पिए। तर, कोलारको जमिन भने अनुसन्धानको लागि भन्दै अंग्रेजहरूले आफूसँग राखेका थिए। 

यसरी भयो कोलारमा सुनको खोजी
चोल साम्राज्यका मानिसहरूले जमिनमा हातले खनेर सुन निकाल्ने गर्थे। त्यसपछि वारेनले सुनबारे जानकारी दिनेहरूलाई पुरस्कारको घोषणा गरे। त्यसको केही दिनपछि एउटा गोरुगाडामा ग्रामीण भेगका केही मानिस वारेनलाई भेट्न आए। त्यो गोरुगाडामा कोलार क्षेत्रको माटो ल्याइएको थियो। ती मानिसले माटो धोएर वारेनलाई देखाए। त्यो माटोमा सुनका अंशहरू पाइएको थियो।

तस्बिर : बीबीसी हिन्दी

वारेनले त्यसपछि सुनको खोजी सुरु गरे। वारेनको अनुसन्धानमा कोलारका मानिसहरूले जुन तरिकाले हातले खनेर सुन निकाल्थे, त्यसो गर्दा ५६ किलो माटोमा एक मुठ्ठी मात्रै सुन पाइन्थ्यो। वारेनले सोचे, ‘यी मानिसहरूको खास कौशल र शैलीको सहयोगमा अरु पनि धेरै सुन निकाल्न सकिन्छ।’

वारेनले यो रिपोर्टपछि सन् १८०४ देखि १८६० का बीच धेरै अनुसन्धान र सर्बे गरे। तर, अंग्रेज सरकारलाई यसबाट केही पनि उपलब्ध भएन। कुनै फाइदा हुनुको सट्टा अनुसन्धानका क्रममा धेरैले ज्यान पनि गुमाए। त्यसपछि यो क्षेत्रमा हुने उत्खननलाई प्रतिबन्ध लगाइयो।

Xtrem

Xtrem

तर, १८७१ मा वारेनको यो रिपोर्ट पढेपछि लेवेलीको मन कोलारप्रति आकर्षित हुन थाल्यो। लवेलीले गोरुगाडामा बसेर बेंगलुरुदेखि कोलारसम्मको १०० किलोमिटर दूरी पार गरे। त्यहाँ करिब दुई वर्षसम्म अनुसन्धान गरेपछि लेवेलीले सन् १८७३ मा मैसुरका महाराजसँग त्यो क्षेत्रमा उत्खनन् गर्ने अनुमति मागे। लेवेलीलाई कोलार क्षेत्रमा २० वर्षसम्म उत्खनन् गर्ने लाइसेन्स प्राप्त भयो। उनले सन् १८७५ बाट काम सुरु गरे।

सुरुवातका वर्षहरूमा लेवेलीको धेरैजसो समय पैसा जुटाउने र मान्छेर्लाइ काम गर्नका लागि तयार गराउनमै बितेको थियो। धेरै मिहिनेत र अप्ठ्यारापछि मात्रै केजीएफबाट सुन निकाल्न सुरु भयो।

बिजुली आएको भारतको पहिलो शहर
केजीएफका सुनखानीहरूमा प्रकाशका लागि सुरुवातमा मशाल र मट्टितेलबाट बल्ने लालटिनको प्रयोग हुन्थ्यो। तर, यो प्रयास धेरै उपलब्धिपूर्ण भएन। त्यसैले यो क्षेत्रमा बिजुलीको उपयोग गर्ने निर्णय भएको थियो। यसरी केजीएफ बिजुली पाउने भारतको पहिलो शहर बनेको थियो।

कोलार गोल्ड फिल्ड्समा बिजुलीको आवश्यकतालाई पूर्ति गर्नका लागि १३० किलोमिटर टाढा कावेरी बिजुली केन्द्रको स्थापना गरिएको थियो। जापानपछि एसियामा सबैभन्दा ठूलो बिजुली उत्पादन गर्ने प्लान्ट यही नै थियो। यसको निर्माण अहिलेको कर्नाटकको माड्या जिल्लाको शिवनसमुन्द्रमा गरिएको थियो।

केजीएफ भारतको सबैभन्दा पहिलो शहर थियो, जहाँ बिजुली पूर्णरुपमा पहुँचमा आएको थियो। पानीबाट निकालिने भएकाले हरेक समय यहाँ बिजुली उपलब्ध हुन्थ्यो। सुनको खानी भएका कारण बेंगलुरु र मैसुरको सट्टा केजीएफलाई बढी प्राथमिकतामा राखिएको थियो।

बिजुली पुगेपछि केजीएफमा सुनको उत्खननलाई बढाइएको थियो। त्यहाँ उत्खनन्लाई छिटो बनाउन प्रकाशको बन्दोबस्त गर्ने कैयौं मेसिनहरू सञ्चालन गरिएको थियो। यसको परिणाम स्वरुप सन् १९०२ मा भारतको ९५ प्रतिशत सुन उत्पादन हुने ठाउँ केजीएफ बन्न पुग्यो। सन् १९०५ मा भारत सुनको उत्खनन् गर्ने मुलुकहरूमध्ये छैटौं स्थानमा थियो। 

केजीएफ अर्थात् सानो इंग्ल्याण्ड
केजीएफमा सुन पाइएसँगै त्यहाँको स्वरूप नै फेरियो। त्योबेला बेलायती सरकारका अधिकारी र इन्जिनियरहरूले यही क्षेत्रमा आफ्नो घर बनाउन सुरु गरे। यहाँ जुन स्वरुपमा बेलायती शैलीका घरहरूको निर्माण भएको थियो, केजिएफ ‘सानो इंग्ल्यान्ड’जस्तै लाग्थ्यो। यहाँको मौसम चिसो भएकाले उनीहरूले यहाँको वातावरण पनि मन पराएका थिए। डेक्कन हेराल्डका अनुसार यी कारणले केजीएफलाई सानो इंग्ल्याण्ड भनिन्थ्यो।

केजीएफमा पानीको आवश्यकता पूरा गर्न बेलायती सरकारले नजिकै एउटा तलाउ निर्माण गरेको थियो। त्यहाँबाट पाइपलाइनमार्फत केजीएफमा पानीको व्यवस्था गरिएको थियो। पछि त्यही तलाउ केजीएफको आकर्षणको मुख्य केन्द्र बनेको थियो।

बेलायती अधिकारी र स्थानीय केजिएफमा घुमघामका लागि लागि जान थालेका थिए। अर्कातिर, सुनखानी भएका कारण वरपरका राज्यबाट त्यहाँ ल्याइने मजदुरहरूको संख्या पनि बढ्न थालेको थियो। 

सन् १९३० पछि यो ठाउँमा काम गर्ने मजदुरको संख्या ३० हजार पुगेको थियो। यी मजदुरहरूको परिवार पनि वरपरकै क्षेत्रमा बस्थे। त्यसैले यहाँ बस्ती बढ्दै गयो।

केजीएफको राष्ट्रियकरण
सन् १९४७ मा भारत जब स्वतन्त्र भयो, सरकारले यो ठाउँलाई आफ्नो कब्जामा लियो। त्यसको करिब एक दशकपछि सन् १९५६ मा यो खानीलाई राष्ट्रियकरण गरिएको थियो।

सन् १९७० मा भारत सरकारको ‘गोल्ड माइन्स् लिमिटेड’ कम्पनीले त्यहाँ काम गर्न थाल्यो। सुरुवातमा सफलता मिले पनि पछि कम्पनीको फाइदा दिन प्रतिदिन घट्दै गयो। सन् १९७९ मा स्थिति यस्तो आएको थियो कि, कम्पनीसँग आफ्ना मजदुरहरूलाई दिने पैसा पनि थिएन।

भारतको ९० प्रतिशतभन्दा धेरै सुनको उत्खनन् हुने खानी केजीएफको अवस्था सन् १९८० को दशकमा सबैभन्दा खराब भयो। त्योबेला कैयौं कर्मचारीलाई निकालिएको थियो। तर, यसले पनि कम्पनीको नोक्सान बढ्नबाट रोकिएको थिएन। अनि यस्तो अवस्थामा पुग्यो, सुन निकाल्न लाग्ने पैसाभन्दा प्राप्त सुनको मूल्य कम भयो। 

सन् २००१ मा भारत गोल्ड माइन्स् लिमिटेडले त्यहाँ सुनको उत्खनन् बन्द गर्ने निर्णय ग¥यो। त्यसपछि यो ठाउँ एउट खण्डहरको रूपमा रहेको छ।

फेरि उत्खनन् थाल्ने मोदी सरकारको संकेत
केजीएफको उत्खनन् १२१ वर्षभन्दा धेरै समयसम्म निरन्तर भएको थियो। सन् २००१ सम्म त्यहाँ उत्खनन् भइरहेको थियो। एक रिपोर्टअनुसार १२१ वर्षसम्म केजीएफका खानीबाट ९०० टनभन्दा धेरै सुन निकालिएको थियो। 

नरेन्द्र मोदी सरकारले सन् २०१६ मा फेरि त्यो ठाउँमा उत्खनन् गर्ने संकेत दिएको थियो। केजीएफको खानीमा अहिले पनि धेरै सुन रहेको अनुमान गरिन्छ।

केन्द्र सरकारले सन् २०१६ मा केजीएफलाई लिलामी गर्ने प्रक्रिया सुरु गर्ने घोषणा गरेको थियो। तर, अहिलेसम्म लिलामी गरिएको छैन र त्यसपछि के हुनेछ भन्ने कुरा पनि स्पष्ट भएको छैन।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्