काठमाडौं– कलाकारिता क्षेत्रमा संलग्न व्यक्तिहरुमाथि हरेक क्षण सञ्चारमाध्यमले नजर राखिरहेका हुन्छन्। राष्ट्रियस्तरका हुन वा अन्तराष्ट्रियस्तरका कलाकार, उनीहरु सकेसम्म सञ्चारमाध्यमको नजरबाट बच्ने प्रयास पनि गरिरहेका हुन्छन्। झन्, भारतमा कलाकारप्रति सञ्चारमाध्यमले गर्ने व्यवहारका कारण उनीहरु सञ्चारमाध्यमसँग टाढै रहन रुचाउँछन्।
तर, वैशाख १ बाट प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय फिल्म ‘केजिएफ २’का अभिनेता यशले भने आफू कार्यक्रममा ढिलो पुग्दा पत्रकारसँग माफी मागेका छन्। फिल्मको प्रचारपसारमा व्यस्त रहेका यशले हालसालै एक कार्यक्रममा पत्रकारलाई केही समय कुराउनु परेकोमा माफी मागेका हुन्।
‘मनैदेखि माफी माग्छु’, यशले पत्रकारलाई भनेका छन्, ‘मलाई यो कार्यक्रमको समय थाहा थिएन। यहि मेरो कारण १० मिनेट ढिलो भएको हो भने मलाई माफी दिनुहोला। अहिले जब तपाईंहरुले म ढिलो आएको कुरा गर्नुभयो, तब मात्रै मलाई कार्यक्रमको समयबारे थाहा थियो।’
यशले आफू फिल्मको प्रचारको एक कार्यक्रममा ढिलो पुग्दा यसरी पत्रकारसँग माफ िमागेका हुन्। उनले आफूलाई समयको मूल्य थाहा भएको बताउँदै पत्रकारर्लाइ कुराउनु परेकोमा माफी मागेका हुन्।
वैशाख १ बाट प्रदर्शनमा आउने फिल्म ‘केजिएफ २’को अहिले तिव्र टिकट बुकिङ भइरहेको छ। फिल्मलाई लिएर भारतसँगै नेपाललगायतका एसियाली देशमा निकै चर्चा भइरहेको छ ।यो फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।