काठमाडौं– आफू नेतृत्वको सरकारले नै अर्थतन्त्र बिगारेको भन्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको हुनसक्ने बताएका छन्। पछिल्ला साता अर्थतन्त्र टाट पल्टिँदै गएको भनेर चर्चा भइरहेका बेलामा कतिपयले ओली नेतृत्वकै सरकारको पालादेखि अर्थतन्त्र बिग्रिँदै आएको बताउने गरेका थिए।
'नौ महिनामा ध्वस्त पार्ने अनि पहिलेको स्थिति के थियो, त्यसलाई पहिलेको सरकारले यस्तो गर्यो भन्ने? त्यो त अलिकति मानसिक सन्तुलनको समस्या हो कि! त्यति हदसम्म त कसैले बोल्दैन', बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने।
उनको अभिव्यक्ति अर्थमन्त्री कि प्रधानमन्त्रीतर्फ लक्षित हो भन्ने पत्रकारहरुको जिज्ञासामा ओलीले व्यक्ति लक्षित टिप्पणी नभएको बताए।
'यदि अघिल्लो सरकारले अर्थतन्त्र बिगार्यो भन्ने कुरा कसैले गर्छ भने अलिकति मानसिक समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ', उनले दोहोर्याए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।