• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२०७८ मा महिला हिंसा : हत्या र यौनहिंसाका घटनामा आएन कमी, १८ महिने बालिका पनि बलात्कृत

64x64
धनु विश्वकर्मा बुधबार, चैत ३०, २०७८  १७:१०
1140x725

काठमाडौं- गत वर्षहरुजस्तै २०७८ सालमा पनि महिला हिंसाका घटनाहरु भएका छन्। महिलामाथि भएका हिंसाका घटनामा राज्यबाट न्याय नपाएको भन्दै सिंहदरबार नजिक लामो समय आन्दोन भयो भने नाबालिगमाथि भएको बलात्कारका घटनाहरु चर्चामा रहे। वर्ष २०७८ मा भएका महिला हिंसाका घटनाको अवस्थाबारे यहाँ चर्चा गरिएको छ। 

रुबी खानको नेतृत्वमा आन्दोलन
बाँकेको जानकी गाउँपालिका–२ की २७ वर्षीया नन्कुन्नी धोबीको साउन ५ गते हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति रामकुमार धोबीलाई भदौ २७ गते, जेठाजु ईतवारी धोबीलाई असोज ५ गते पक्राउ गर्‍यो। उनीहरुविरुद्ध जिल्ला अदालत बाँकेमा कर्तव्य ज्यान मुद्दा दर्ता भयो। 

त्यस्तै त्यसको १२ दिन अगाडि जानकी गाउँपालिका परस्परकी निर्मला कुन्नी बेपत्ता भइन्। उनी पनि घरेलु हिंसाका कारण वेपत्ता भएको बताइएको छ। 

महिला हिंसाविरुद्ध न्याय माग्ने क्रममा रुबी खान र नेपालगञ्जका १४ महिलाहरुले चरम पीडा खपे। बाँकेकी जिल्ला जानकी गाउँपालिका २ नवाजिकी नन्कुन्नी धोबी र परस्पुरकी निर्मला कुर्मीको बेपत्तामा प्रकरणमा रुबी खानको नेतृत्वमा संघर्ष भएको हो। 

रुबी र उनका साथीहरु न्यायका लागि जिल्ला अदालत बाँके पुगेका थिए। प्रहरीले उजुरी लिन मानेन। त्यसपछि अभियन्ता रुबीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा १२ दिनसम्म अनसन बसिन्। 

नेपालगञ्जले न्याय दिएन। त्यसपछि रुबीसहित नेपालगञ्जका १४ जनाले काठमाडौंका लागि पैदला यात्रा थाले। नेपालगञ्जले न्याय नदिएपछि उनीहरु पैदल संघीय राजधानी आइपुगे। सिंहदरबार नजिकैको माइतीघर आए। असोज १ मा बाँकेबाट हिँडेका उनीहरु असोज २० मा काठमाडौं आइपुगे।

त्यसअघि रुबी बाँके जिल्ला प्रशासन कार्यालयअघि १२ दिन अनसन बसेकी थिइन्। तर, सरकारले माग नसुनेपछि उनीहरू काठमाडौं आएका थिए। रुबी र उनका साथीहरूले नन्कुन्नी धोबी मृत्यु तथा निर्मला कुर्मीको अपहरणपछि हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे। तर, सरकारले कुनै चासो देखाएन।

उनी फेरि १३ दिन अनसन बसिन्। उनको समूहलाई आँखामा छारो हाल्न छानबिन समिति बनायो। त्यसले न्यायका लागि ठोस काम गर्न सकेन।फेरि रुबी खानहरु न्यायका लागि काठमाडौं आए। 

Ncell 2
Ncell 2
nimb
nimb

८ मंसिरमा नेपालगञ्जबाट निर्मलाको न्यायका लागि काठमाडौं हिँडेका उनीहरुको मंसिर ९ देखि धर्ना बसे। धर्ना पुष २१ गते तोडियो। यसरी यो लामो श्रृंखला न्यायको लागि चल्यो। तर, न्याय भने पाएका छैनन्। 

पल शाह प्रकरण
यस वर्षको अन्त्य तिर अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भयो। २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिकले आफूमाथि जबरजस्ती करणी भएको जाहोरी दिइन्। 

जाहेरीमा उल्लेख भए अनुसार बालिकालाई अन्तिमपटक १४ वैशाखामा तनहुँ शुक्लागण्डकी–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा बलात्कार भएको थियो। 

१० पुस ०७७ मा पोखरास्थित होटेल प्राइम र ७ चैत ०७७ मा चितवनस्थित गैँडाकोट रिसोर्टमा पलले बालिका माथि पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको थियो। 

जाहेरी परेसँगै प्रहरीले शाहलाई पक्राउ पुर्जी जारी गर्‍यो। उनी चारदिनसम्म प्रहार रहे। चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहूँ पुगेर उनले आत्मसमर्पण गरे। तर सामाजिक सञ्जालमा भने नाबालिगको चरित्र हत्या गरिने क्रम चलिरह्यो। मुद्दा अहिले अदालतमा विचाराधीन छ भने शाह पुर्पक्षका लागि जेल चलान भएका छन्। यो घटनाले नेपाली सिने क्षेत्र मात्र नभएर देशभर नै चर्चा र बहस हुन पुग्यो। 

१२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या 
मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको थियो। उनलाई लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको आरोप लागेको छ। फागुन ११ गतेदेखि बेपत्ता रहेकी बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा स्थानीय लालहिरा सामुदायिक वनमा फागुन १३ गते भेटिएको थियो।

जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई घर फर्किने क्रममा गिरीले बाटोमा नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरिएको हो। बलात्कारपछि घटनामा आफ्नो नाम जोडिने डरले गिरीले ढुङ्गाले हानेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ। 

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या
मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी १८ महिनाकी बालिकाको बलात्कारपछि हत्या भएको थियो। सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको थियो। फागुन २७ गते घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको भोलिपल्ट बिहान उपचारका क्रममा विराटनगरस्थित नोवल अस्पतालमा मृत्यु भएको थियो।

छात्रामाथि यौन दुर्व्यवहार
मोरङको लेटाङ नगरपालिका–५ मा शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक पढाउने ५६ वर्षीय मनोज पौडेलेले कक्षा ६ मा अध्ययनरत १२ वर्षी छात्रामाथि यौन दुर्व्यवहार गरे। उनले चैत ४ गते होलीको दिन छात्रालाई घरमै गएर दुर्व्यवहार गरे। शिक्षक पौडेलले यसपटक मात्रै नभई पटक–पटक छात्रामाथि यौन दुर्व्यवहार गरेको स्थानीयवासीले विद्यालयमा झडप गरे जहाँ एक जना महिला प्रहरी जवान उर्मीला श्रेष्ठको निधन भयो, झडप नियन्त्रण गर्ने क्रममा। 

चितवनको माडी नगरपालिका–१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरे। कक्षा ९ की छात्रालाई झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए। २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए। तर, ति शिक्षिकाले उल्टै कसैलाई नभन्न सुझाए। 

महिला हिंसाको अवस्था
महिलाविरुद्ध हुने विभेद, हिंसा र बहिष्करणले मानव मर्यादा, समानता, सम्मान र सिद्धान्तहरूको उल्लंन गर्दछ। लैङ्गिकताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक सुरक्षा र आत्मसम्मानपूर्वक जीवन व्यतित गर्न सृजना गरिने अवरोधका घटना पछिल्लो दशकमा बढेर गएको मानवअधिकारका विषयमा वकालत गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेखले देखाएको छ।

पछिल्लो १० वर्षमा अभिलेख गरिएकामध्ये ४९ प्रतिशत घटना महिला अधिकार उल्लङ्घनसँग सम्बन्धित रहेका छन्। यस वर्ष इन्सेकले अभिलेख गरेको तथ्यांकमा ६० प्रतिशत घटना महिला अधिकार उल्लङ्घनका थिए।

अधिकार उल्लङ्घनका घटनामा राज्यका तर्फबाट ५२ जना र अन्य पक्षबाट ५ हजार १ सय ६३ जना गरी ५ हजार २ सय १५ जना महिला पीडित भए। अन्य पक्षबाट भएका घटनामध्ये ६१ प्रतिशत घटना महिला र २५ घटना बाल अधिकार उल्लङ्घनका रहेको इन्सेकले जनाएको छ। इन्सेकको सन् २०१६ देखि सन् २०२१ सम्मको अभिलेखअनुसार सन् २०१६मा महिला हिंसाका घटनाको संख्या २ हजार ९०९, सन् २०१७ मा महिला हिंसाका घटना ३ हजार ५६०, सन् २०१८ मा महिला हिंसाका घटना २ हजार ८२४, सन् २०१९मा महिला हिंसाका घटना ३ हजार ३६४, सन् २०२० मा महिला हिंसाका घटना ३ हजार ६०६ र सन् २०२१ मा महिला हिंसाका घटना ३ हजार ४१७ भएका छन्। 

तथ्यांकलाई आधार मान्दा महिला हिंसाका घटनामा कमी आएको छैन। झन् बढ्दो क्रममा छन्। देशमा समावेशीता, संघीयताका नारा घन्काए पनि महिला हिंसाका घटना भयानक तरिकाले बढेका छन्।

इन्सेकले सार्वजनिक गरेको अभिलेख अनुसार सन् २०२१ मा बेचविखन तथा ओसारपसार प्रयासका घटनाको संख्या १६, बेचविखन तथा ओसारपसारका घटनाको संख्या ४२, बोक्सीको आरोपमा भएका घटनाको संख्या ३१, बलात्कारका घटनाको संख्या ६४९, बलात्कार प्रयासका घटनाका संख्या १७७, बहुविवाहका घटना ३४५ रहेका छन्।

यस्तै घरेलु हिंसाका घटनाको संख्या २ हजार ९५, यौन दुर्व्यवहारका घटना ६१ वटा छन्। यी सबै अन्य पक्षबाट भएका घटना हुन्। त्यस्तै प्रसूति सेवाका घटना राज्य पक्षबाट एक र अन्य पक्षबाट एक वटा भएका छन्। महिला अधिकार उल्लंघनका घटना राज्य पक्षबाट १ र अन्य पक्षबाट ३ हजार ४१६ गरेर जम्मा ३ हजार ४१७ रहेको जनाइएको छ।

सात वटै प्रदेशमा, महिला हिंसाका घटनाको संख्या प्रदेश १ मा ४६८, मधेश प्रदेशमा २२८, बागमती प्रदेशमा ३८९, गण्डकी प्रदेशमा ३१०, लुम्विनी प्रदेशमा १ हजार २८४, कर्णाली प्रदेशमा २०५ र सुदुरपश्चिम प्रदेशमा ५३३ रहेको रिपोर्टमा उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना भएका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा महिला हिंसाका घटना भएका छन्। 

इन्सेकको रिपोर्टअनुसार बोक्सीको आरोपमा गरिने हिंसा, यौन दुर्व्यवहार, जबरजस्ती यौन सम्बन्ध, हाडनाताकरणी, कार्यस्थलमा यौन दुर्व्यवहार, दाइजो र सम्पत्तिको कारण हिंसा/हत्या, गर्भावस्थामा लिङ्ग छनौट गरी गरिने भ्रुण हत्या, शारीरिक दुर्व्यवहार, बालविवाह, वैवाहिक बलात्कार, एकल महिला र वृद्ध महिलालाई हेला, भेदभाव र परम्परागत प्रथाजनित कारणले गरिने हिंसाबाट नेपाली महिलाहरू पीडित बनेको देखिन्छ।

पुरुषहरूप्रतिको मनोवैज्ञानिक डर त्रास आदिले महिलाहरूले गर्ने प्रतिरोध र न्यायको प्रक्रियामा देखिनु पर्ने सक्रियता कमजोर हुँदै जाने र कालान्तरमा अन्यायलाई जीवन पद्धति स्वीकार गर्ने मनोविज्ञानले महिलाहरू हिंसाको दुस्चक्रमा पिल्सिँदै गएका छन्। यस्ता खालका सामाजिक संरचनाले गरिने हिंसाबाट नेपाली महिलाहरू पीडित बनेको देखिन्छ तथ्यांकले देखाएको छ। 

कानुनले के भन्छ?
नेपालको संविधानको धारा ३८ को उपधारा ३० ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख छ। महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर सजाय ऐन २०६६, बोक्साबोक्सीको आरोप कसुर सजाय सम्वन्धमा ऐन २०७४ जारी भई लागू भएको छ। 

महिला अधिकारमा पक्षराष्ट्रका रुपमा विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुमा नेपालले  हस्ताक्षर गरेको छ। जसमा नारीको राजनीतिक अधिकारसम्बन्धी महासन्धि १९५२, महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्वन्धी महासन्धि १९७९ रहेका छन्। 

सामाजिक, सांस्कृतिक मान्यतामा आधारित कुरीतिजन्य अभ्यासका कारण महिलाहरू हिंसाको दुष्चक्रबाट बाहिर निस्कन सकेका छैनन्। कथित बोक्सीको आरोपमा हुने हिंसा, महिनावारी भएको बेला गरिने विभेद, दाइजोका कारण गरिने मानसिक तथा शारीरिक यातना, बालविवाहजस्ता घटनामा महिला पीडित हुँदै आएका छन्। सडक यातायातको पहुँच नपुगेका दुर्गम भेगका गर्भवती महिलाहरूको उद्दार गरी सुविधायुक्त स्वास्थ्य संस्थामा पुर्‍याउने कार्यको शुरुवात भएता पनि सोचे जति नतिजा आएको छैन। 

परिवारजनबाट महिलामाथि हुने घरेलु हिंसाका उजुरी हरेक वर्ष बढ्ने गरेको छ। कतिपय बेला परिवारजनबाट महिलामाथि हुने घटनालाई परिवारमै गुपचुप राख्ने वा गाउँ समाजमै मिलाइन्छ। धेरैजसो घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने कार्य पनि भइरहेका छन्। प्रहरी कार्यालयसम्म पुगेका उजुरीलाई मेलमिलापका नाममा सामसुम पार्ने कार्य हुँदै आएको छ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १७:१०
  • #वर्ष_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा २०२ गरी १... बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन अचेत अवस्थामा सिमरामा भेटिएका उपाध्यायलाई उपचारका लागि हिजो पर्सा लगिएको थियो। पर्सामा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोत... बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा रु. १ करोड २० लाख भन्दा बढी पुगिसक... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्