काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। आसन्न स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठक आज (बुधबार) दिउँसो २ बजेपछि केन्द्रीय कार्यालयमा बस्ने उनले बताए।
बैठकमा सहभागिताका लागि कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको उनले बताए।
बैठकमा स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्रसम्बन्धी छलफल हुने बताइएको छ। कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयार गर्दैछ।
बैठकमा गठबन्धनसँग चुनावी तालमेलका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन्।
मंगलबारमात्रै चुनावी तालमेलबारे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।