काठमाडौं– बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास बोर्डको उपाध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ।
प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ को दफा १० को उपदफा (२) अनुसार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पदमा खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति गर्न सूचना जारी गरेको हो।
सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको सिफारिस समितिको सचिवालयमा सिलबन्दी आवेदन दिनका भनिएको छ।
सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको, सम्बन्धित क्षेत्रमा काम गरिरहेको र ३५ वर्ष पूरा भएकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।