काठमाडौं– हाल प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (आइतबार) दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।
यसैगरी राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। अन्यत्र भने मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै तराई भू–भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।