काठमाडौं– इमरान खान सरकारविरुद्ध विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमा पाकिस्तानको संसद्मा अहिलेसम्म मतदान हुन सकेको छैन। यस अविश्वासको प्रस्तावमा शनिबार मतदान हुँदैछ।
यसअघि संसद्मा खानका समर्थक र विपक्षीबीच झडप भएको थियो, जसपछि सभामुखले बैठक स्थगित गरेका थिए।
अब खानविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ। यसैबीच, संसद्मा सभामुखको कक्षमा सत्तारुढ दल र प्रतिपक्षबीच बैठक बसेको छ। यसमा विपक्षी दलले सत्तारुढ दलको छलफलका क्रममा विरोध नगर्ने आश्वासन दिएको छ।
खान अविश्वासको मतमा पराजित हुन सक्ने अनुमान गरिएको छ। आज मतदान हुने वा सरकारले सर्वोच्च अदालतको अवहेलनाको मुद्धाबाट गुज्रनुपर्ने कानुनी विज्ञहरुको भनाइ छ।
यसैबीच, प्रधानमन्त्री खानले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले अझै पनि आफूविरुद्ध विदेशी षड्यन्त्र भएको दोहोर्याइरहेका छन्। उनीले अमेरिकालाई आरोप लगाउँदै आएका छन्। अमेरिकाले त्यस्तो कुनै पनि षड्यन्त्र नगरेको भन्दै खण्डन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।