काठमाडौं– सन् २०१५ को आणविक सम्झौताको वार्ता रोकिएपछि इरानले थप १५ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इरानले प्रतिबन्ध लगाइएकाहरूमा पूर्वसेना प्रमुख जर्ज केसी र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी जिउलियानी पनि समावेश छन्।
सूचीमा रहेका अधिकांश अधिकारीहरू ट्रम्पको कार्यकालमा इरानी अधिकारी, राजनीतिज्ञ र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका र तेहरान आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्नेहरूमध्ये पर्छन्।
प्रतिवेदनले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भनेको छ,‘इरानको विदेश मन्त्रालयले अमेरिकी अधिकारीहरूलाई इरानविरुद्ध काम गरिरहेका आतंकवादी समूह र आतंकवादी गतिविधिलाई समर्थन गरेको आरोप लगाएको छ।’
इरान र अमेरिकाबीच ११ महिनादेखि अप्रत्यक्ष वार्ता रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।