काठमाडौं– युट्युबले रुसको तल्लो सदनबाट प्रसारण हुने डुमा टिभीलाई रोक लगाएको छ। शनिबार यूट्यूबले उक्त टिभीलाई रोक लगाएको हो।
युट्युबले पनि यसको जवाफमा प्रतिबन्धको सामना गर्न सक्ने रुसी अधिकारीहरूले बताएका छन्।
‘डुमा च्यानल यूट्यूबको सेवाका सर्तहरू उल्लङ्घन गरेको कारण बन्द गरिएको छ,’ शनिबार युट्युबले भनेको छ।
रुसको सञ्चार नियामकले अमेरिकी आईटी कम्पनी ९युट्युब० रुसविरुद्ध पश्चिमी देशहरूले सुरु गरेको सूचना युद्धको बाटोमा रहेको बताएको छ।
यस विषयमा गुगलले इमेलमार्फत् रोयटर्सलाई जवाफ दिएको छ । गुगलले कम्पनीले आफ्ना सर्तहरू उल्लङ्घन गरेमा कारबाही गर्ने बताएको छ। ‘यदि हाम्रा सेवा सर्तहरू उल्लङ्घन गरेको फेला पारे कारबाही गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।