काठमाडौं– कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ।
कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी छ। वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको प्रकोप नियन्त्रण विभागले जनाएको छ।
कोलम्बिया अकस्मात भारी वर्षा सुरु भएको थियो। विभिन्न स्थानमा वर्षा जारी रहेको छ। वर्षाका कारण जनजीवन पनि प्रभावित भएको छ।
वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।